Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

साउन ३२ : तीन स्टारको महाभिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2013/06/24

सम्भवतः साउन ३२मा फिल्म बिच वर्षकै महाभिडन्त हुनेछ । यो डेटमा महसुश, सौर्य र किन किन एकसाथ नेपालभर प्रदर्शन हुनेछन् । तीन फिल्मको रिलिजले अभिनेता राजेश हमाल, सौगात मल्ल र आर्यन सिग्देलको असली स्टार पावरको देखिनेछ ।

 

किन किन राजेश, महसुश आर्यन र सौर्य सौगात केन्द्रित फिल्म हुन् । राजेशलाई सौर्यमा पनि देख्न सकिनेछ । फिल्म जुधाइएको बारे सौर्यका निर्माता हाकिम गुरुङ भन्छन्- 'फिल्म साउन ३२मा रिलिज गर्ने लामो सयमदेखिको योजना हो । फिल्म जति वटा आए पनि काठमाण्डौ र पूर्वका सबै हलमा सौर्य रिलिज हुनेछ ।' सौर्यको अल नेपाल वितरणको जिम्मा गोविन्द शाहीले लिएका छन् । मार्कण्ड्य दीपविम बस्नेतको निर्देशन रहेको सौर्य सुपर हिरोको कथा बोकेको फिल्म हो ।


 

लभ स्टोरी फिल्म महसुशका निर्माता कल्याण घिमिरे भने साउन ३२मा एउटा मात्रै हल पाए पनि फिल्म रिलिज गराएरै छाड्ने बताउँछन् । भन्छन्- 'एक आपसमा नजुधौ भनेर मैले यसअघि दुई वटा डेट छाडिसकें । अब सक्दिन । जस्को फिल्म राम्रो छ उही चल्छ ।' हल कसरी व्यवस्थापन गर्नु हुन्छ ? भन्ने प्रश्नमा निर्माता घिमिरेको भनाई छ- 'महसुश राम्रो हलमा रिलिज हुनेछ । दर्शकले हेर्न पाउनु हुनेछ ।' श्रीमान फिल्मका निर्देशक नवल नेपालको निर्देशन तथा केकी अधिकारी, आर्यन सिग्देल र वेनिशा हमालको त्रिकोणात्मक प्रेमकथाले दर्शकलाई हलमा होल्ड गराउने निर्माता घिमिरेको विश्वास छ ।


 

यौन विषय केन्द्रित फिल्म किन किनका निर्माता तथा निर्देशक उकेश दाहाल भने आफ्नो फिल्म चल्नेमा ढुक्क रहेको बताइन्छ । फिल्ममा अभिनेता राजेश हमाल र अरुणिमा लामाको वेड तथा किस सिन देख्न सकिनेछ । किन किनमा करिश्मा मानन्धर, सुवास थापा, राज तिमल्सिनाको पनि रोल छ । महसुश, सौर्य र किन किनलाई विशेषतः मल्टिप्लेक्स स्टेशनमा शाहरुख खानको चेन्नई एक्सप्रेस र सोही दिन रिलिज हुने वन्स अपन अ टाइम इन मुम्बई सिक्वेलले चुनौती दिनेछन् । हेर्रौ, साउन ३२को अस्वस्थ प्रतिस्पर्धामा बाजी कस्ले मार्छ ?