Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

नेपालमा बर्मेली फिल्म मेकर

फिल्मीखबर, काठमाण्डौ, 2013/06/24

पाँच दिने नेपाल भ्रमण सकेर बर्मेली फिल्म मेकर स्वदेश फर्किएका छन् । चलचित्र विकास बोर्डको निमन्त्रणामा गत जुन १७ तारिखका दिन दुई जना बर्मेली फिल्म मेकर नेपाल आएका थिए । काठमाण्डौ उपत्यका सहित लुम्बिनी र पोखराका पुरातात्विक स्थल र पर्यटकिए क्षेत्रको भ्रमण गरी टोली शनिबार बर्मा फर्किएको हो ।

 

 

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष यादव खरेलले बर्मेली फिल्म मेकरलाई स्वागत गर्दै १५ बर्ष अगाडी आफू बर्मा पुग्दा र अहिलेको बर्मामा धेरै परिवर्तन आएको बताए । यस्तै उनले नेपाल र बर्मा बिच थुप्रै समानता रहेको प्रस्ट्याउँदै नेपाली भाषीको बाहुल्यता रहेको बर्मामा नेपाली फिल्मको सम्भावना रहेको भन्दै बर्मेली फिल्म मेकरसँग नेपाली फिल्मको मार्केट बढाउन सहयोगको अपेक्षा गरे ।

 

 

म्यानमार मोसन पिक्चर्स इन्टरप्राईजेजका डिरेक्टर मिस्टर थेनले बर्मामा नेपाली फिल्मको बजार राम्रो रहेपनि मार्केटिङ भने आफै गर्नुपर्ने बताए । उनले भने- 'हामीले सहजताको भुमिका खेल्न सक्छौं तर आफ्नो फिल्मको मार्केटिङ आफै गर्नुपर्ने हुन्छ ।' यस्तै उनले नेपाली फिल्म प्रदर्शन गर्नुपूर्व ५० अमेरिकी डलर तिरेर सेन्सर गर्नुपर्ने बताए । बर्मामा नेपाली फिल्म महोत्सव गर्न समेत उनले नेपाली फिल्मकर्मीलाई सुझाए ।

 

 

नेपालको चलचित्र विकास बोर्डको तर्फबाट सदस्य सचिव फणिन्द्र नेपालले नेपाल र बर्मा विचको साँस्कृतिक, भौगोलिक तथा भाषिक समानताको बारेमा प्रकाश पारेका थिए । उक्त अर्न्तक्रिया कार्यक्रममा फिल्मकर्मी आकाश अधिकारी, उज्जवल घिमिरे, छिरिङ रितार शेर्पा, सञ्चार मन्त्रालयको श्रव्यदृश्य तथा प्रशारण शाखाकी शौलजा रेग्मी भट्टराई सहित चलचित्र विकास बोर्डका सदस्यहरूको उपस्थिती रहेको थियो ।