सेल फोनको विकृतीको बिषयलाई मुख्य प्लट बनाएर सुटिङमा जाने तयारी गरिएको फिल्म 'मिस कल'को मंगलबारबाट गीत रेकर्डिङ कार्य सम्पन्न भएको छ । चार वटा गीत समावेश गरिएको मिस कल फिल्ममा चर्चित एरेञ्जर महाराज थापाले संगीत दिएका छन् ।

मिस कल, तिम्रो हेराईले, खेलौं कबड्डी र सपनीमा जस्ता समावेश गीतमा मिलन अमात्य र मनोज महतोले स्वर दिएका छन् । फिल्मका निर्देशक किशोर चौधरीले उक्त गीतहरू लेखेका हुन् । राकी इन्टरटेन्मेन्टको व्यानरमा राजु केसी र निर्देशक चौधरीले फिल्मलाई निर्माण गर्नेछन् । थुप्रै फिल्ममा गीत गाईसकेकी मिलनले मिस कलका गीत निकै राम्रो रहेको बताईन् । उनले गाएको पछिल्लो गीत गाला रातै निकै हिट भएको थियो ।

साउन महिनाको पहिलो साता भित्रमा फ्लोरमा गईसक्ने बताईएको यो फिल्मका कलाकारहरू भने फाईनलको क्रममा छन् । अहिलेसम्म सविता अधिकारी र दीपा बिसी फाईनल भएको निर्माता केसीले जानकारी गराए । फिल्मको सुटिङ ईलाम, जोमसोम, चितवन र काठमाण्डौमा गरिने भएको छ ।

