Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

बालकलाकार अनुभव `नाइ नभन्नु ल-२`को हिरो

फिल्मीखबर, काठमाण्डौ, 2013/07/02

बक्स अफिसमा हिट मानिएको फिल्म 'नाइ नभन्नु ल'को दोस्रो भाग बन्ने भएको छ । भाद्र अन्तिम साताबाट फ्लोरमा जाने तयारीमा साथ निर्देशक विकास आचार्यले 'नाई नभन्नु ल-२'को स्क्रिप्टलाई अन्तिम रूप दिंदैछन् ।



'फिल्मको दोस्रो भागले पनि पूर्ण रुपमा माया प्रेमको कथा भन्नेछ,' फिल्म बारे निर्देशक आचार्य भन्छन्- 'नाइ नभन्नु लमा युवापुस्ताको प्रेमकथा थियो भने दोस्रो भागमा बालबालिकाको गहिरो प्रेमकथालाई सुन्दर ढंगले पस्कने छु ।' बर्ष २०६९ सालको हिट फिल्म 'रिदम'का बालकलाकार अनुभव रेग्मी यो फिल्मका मुख्य पात्र हुनेछन् । यस्तै फिल्ममा नाइ नभन्नु ल फिल्ममा मुख्य पात्र जीवन लुईटेल पनि रहनेछन् । यि बाहेक फिल्ममा विल्सन विक्रम राई र सुमन गैरे पनि रहने बताईएको छ ।

 

 

अनुभवको अपोजिटमा रहने बाल कलाकार सहित अन्य दुई नायिकाको भने खोजी भईरहेको निर्देशक आचार्यले जानकारी गराए । नाइ नभन्नु लबाट डेब्यू गरेकी नायिका ऋचा सिंह ठकुरी भने यो फिल्ममा नरहने आचार्यको भनाई छ । वान टाईम सिनेमा प्रालीको व्यानरमा निर्माण हुने 'नाइ नभन्नु ल-२'मा सुरेश गैरे र बसन्त सापकोटाको संगीत रहने बताईएको छ । गीत भने विकासकै फिल्म नाइ नाइ नभन्नु, म तिम्रो भईसकें, रिदममा हिट गीत लेखेका डा. कृष्णहरि बरालको रहनेछ ।

 

नाइ नभन्नु लको दोस्रो भाग निर्माणको कुराकानीसँगै निर्देशक आचार्यले अन्य व्यानरका प्रोजेक्टमा तत्काल हात नहाल्ने बताए । वर्ष ०६९को हिट फिल्म 'रिदम'का निर्देशक आचार्य भन्छन्- 'फिल्म निर्देशनको अफर आउने क्रम जारी छ । तर, मलाई बाहिरी व्यानरसँग काम गर्न त्यती स्वतन्त्र लाग्दैन ।' उनले 'नाइ नभन्नु ल-२'को सुटिङ पछि भने बाहिरी व्यानरको एउटा फिल्म निर्देशन गर्ने योजना सार्वजनिक गरेका छन् ।