Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

आमा खोज्न गएका निर्माता फर्किए खाली हात

फिल्मीखबर, काठमाण्डौ, 2013/07/03

आफ्नी आमाको खोजीका लागी भारत गएका निर्माता सुनिल कुमार थापा रित्तो हात घर फर्किएका छन् । चारधामस्थित केदारनाथ मन्दिरको दर्शन यात्रामा रहेकी ५८ वर्षीय सुनिल कुमार थापाकी आमा तारा थापा बाढीमा हराएकी थिइन् ।

 

भाई प्रणील थापालाई साथ लिएर आमाको खोजीमा भारत पुगेका सुनिलले फिल्मीखबरसँग भने- 'हामीलाई घटनास्थल सम्म पुग्न दिइएन । हामी केदारनाथ मन्दिर भन्दा ७६ किलोमिटर टाढा बस्यौं ।' आमा सकुशल हुने कुरामा निर्माता थापाले निराशा व्यक्त गरे । सँगै दर्शन यात्रामा निस्किएका ७ जना नेपाली तीर्थयात्री घर फर्किएको बताउँदै उनले भने- 'सकुशल हुने सम्भावना धेरै कम रहेको जानकारी पाइयो ।'

 

बाढी प्रभावित क्षेत्रमा अहिले उद्धार कार्य जारी छ । पछिल्लो समय फेसबुक फिल्म निर्माण गरेका सुनिल कुमारले घटना बारे सम्पूर्ण विवरण एक महिना पछि मात्रै प्राप्त हुने बताए । सुनिलकी अभिनेत्री पत्नी झरना थापा हाल फिल्म नो स्मोकिङको छायाँकनमा व्यस्त छिन् । झरनाले पनि आफ्नी सासुको घटना प्रती दु:ख व्यक्त गरेकी छिन् ।