अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझाको व्यक्तिगतसँगै व्यवसायिक सम्बन्धले पनि विश्राम लिए जस्तो देखिन्छ । पती पत्नीको १२ वर्षे सम्बन्धलाई तोडे पश्चात रेखाले छवि व्यानरमा हमेशा मात्रै खेलिन् । सम्भवतः छवि व्यानरमा रेखाको हमेशा अन्तिम फिल्म हुनेछ । हमेशा रिलिज पश्चात रेखा र छवि बिच बोलचाल पनि खासै नभएको देखिन्छ ।
छविले लोफरको सम्पादन गरिरहंदा रेखा भने काली फिल्मको छायाँकनमा व्यस्त छिन् । नयाँ नेपाली वर्ष, दशै र तिहार जस्ता दर्शकले हल टेक्ने दिनमा अन्य व्यानरका फिल्मसँग प्रतिस्पर्धा गर्ने रेखा र छवि सम्भवतः यो दशैमा स्वयम भिड्नेछन् । यद्यपी रेखाले कर्म पितासँग मैदानमा उत्रने बारे भने निर्णय गरिसकेकी छैनन् । सम्भवतः रेखासँग आगामी प्रोजेक्टमा सहकार्य नगर्ने मनस्थितिमै पुगेर होला निर्माता ओझाले रेखा जत्तिकै सशक्त युवतीको खोजी गरिरहेका छन् ।
फिल्म लोफर मार्फत रजनी केसीलाई रजतपटमा ईन्ट्री गराएका छविले शिल्पा पोखरेललाई गोप्य रुपमा अभिनय, नृत्य र फाईटको प्रशिक्षाण गराइरहेका छन् । मध्ये वानेश्वरस्थित नृत्य निर्देशक पूर्नम राईको डान्स स्टुडियोमा शिल्पाले विगत एक महिना देखी नृत्यको प्रशिक्षाण लिदै आएकी छिन् । शिल्पालाई सम्भवतः छवि व्यानरको अर्को प्रोजेक्टमा लिड हिरोइनका रुपमा देख्न पाइनेछ ।

आर्यन सिग्देल सहितको प्रेमकथाको फिल्मलाई नवल नेपालले निर्देशन गर्नेछन् । तर, निर्माता ओझा भने शिल्पा बारे त्यति खुल्न चाहेनन् । नवल र आर्यनसँग सुटिङको सेटिङ मिलाई रहेका छविले शिल्पा बारे फिल्मीखबरसँग भने- 'शिल्पा मात्रै हैन, मैले ५ जना युवतीलाई नृत्य र अभिनयको प्रशिक्षणमा लगाएको छु । फिल्मको लागी भने फाइनल गरिसकेको छैन ।' फिल्मीखबरसँग गोप्य हुन चाहेका छविले आन्तरिक भेटघाटमा भने शिल्पालाई दोस्रो रेखा भनेर परिचय गराउने गरेको बुझिएको छ ।
छविकै आग्रहमा करिब दई सय म्युजिक भिडियोमा देखिएकी शिल्पाले केही महिना देखी भिडियो सुटलाई रिजेक्ट गरेकी छिन् । अभिनेता सलमान खानले पनि प्रेमिका कैटरिना कैफ जस्तै अनुहार भएकी जरिन खानलाई फिल्म वीर मार्फत भित्र्याएका थिए । कैटरिनालाई विस्थापित गराउन वीरमा सलमाले जरिनलाई इन्ट्री गराएका थिए । दुर्भाग्यः जरिनले बलिउमा कैटरिनाको जतिको चर्चा पाउन सकिनन् ।
रेखाबाट अलग्गिएका छविले भित्र्याउन लागेको शिल्पाले नेपाली फिल्म क्षेत्रमा कस्तो छाप छोड्छिन् ? प्रतिक्षाको विषय हुनेछ । उसो त रेखालाई छवि आफ्नै सन्तान मान्छन् भने रेखाले पनि छबिलाई आफ्नै अभिभावकको रूपमा लिन्छिन् ।
तस्विर : कबिन्द्रमान शाक्य (काठमाण्डूक्रेज डट कम)

