Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.33/5.00)
Text size:-
+
-

प्रमिलाको पावरफुल बैंशसँग खेल्दै आर्यन (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/03

यहि असार २८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'दबाब'मा आर्यन सिग्देल आईटम गीतमा प्रमिला खनालसँग दिल खोलेर नाचेका छन् । 'मेरो पावरफुल बैंशको झट्काले' बोलको गीतमा आर्यन र प्रमिलालाई गम्भिर बिष्टले बिभिन्न स्टेपमा नचाएका छन् ।

 

दीपक शर्माको संगीत तथा राज सरगमको शब्द रहेको प्रस्तुत डान्सिङ नम्बरमा शिवानी मोक्तान र कृष्ण काफ्लेले स्वर दिएका छन् । दयाराम दाहाल निर्देशित 'दबाब'मा आर्यन सिग्देल र निता ढुङ्गाना मुख्य भुमिकामा छन् । लभ स्टोरीमा आधारित 'दबाब'मा अनिता महर्जन निर्माताको रुपमा छिन् भने प्रस्तुतकर्ता भानु महर्जन हुन् ।