Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जुवाडेको जीन्दगी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/04

जुवाडेको जीवनशैलीलाई प्रस्तुत गरिएको फिल्म 'ग्याम्बलर'को शिर्ष गीत सार्वजनिक गरिएको छ । दयाराम पाण्डेको शब्द रचना तथा शम्भुजित बाँस्कोटाको संगीत रहेको प्रस्तुत गीतमा लिचुङ छिरिङ भुटियाको स्वर रहेको छ भने गीतमा सोनिया केसीलाई नचाईएको छ ।

 

यहि भाद्र ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ग्याम्बलर'लाई यादव गुरूङको निर्माणमा रमेश बुढाथोकीले निर्देशन गरेका हुन् । अभिनेता सुमन सिंहले समाजले बनाएको ग्याम्बलरको भुमिका निर्वाह गरेका छन् । यस्तै फिल्ममा राजेश हमाल, बिना बुढाथोकी, कल्पना शाही, सोनिया केसी, दिपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

 

हिमाल केसीको द्धन्दनिर्देशन, ब्रजेश खनालको पटकथा तथा संवाद रहेको यो फिल्म याक मुभिजको व्यानरमा बनेको हो ।