Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ट्राफिकको फन्दामा कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2013/07/03

नेपाली ट्राफिक प्रहरीले सवारी जाँच सुरक्षामा कडाई गरेको छ । एक बर्ष अगाडी देखि सुरु भएको मापासे चेकिङले हिट खाइरहेको छ । मापासे चेकिङ पश्चात सवारी दुर्घटनामा कम भएको ट्राफिक प्रभाग कार्यालय बताउँछ । पछिल्लो समय प्रभावकारितासँगै चर्चा बटुली रहेको ट्राफिक चेक जाँचमा कलाकर्मीले भोग्नु परेको झन्झटलाई फिल्मीखबरले प्रस्तुत गरेको छ -

 
यश कुमार, गायक/ अभिनेता


म तीन चार पटक ट्राफिकको हातमा परेको छु । एक पटक ट्राफिकले ओभर टेक गरेको भन्दै लाइसेन्स लियो । दुई सय बुझाएर लाइसेन्स फिर्ता ल्याएँ । सबै भन्दा लाज लाग्ने कुरा, एकपटक मलाई ट्राफिकले मापासेमा समातेको छ । पार्टीबाट फर्कंदा थोरै लिएको थिएँ । ट्राफिकले थाहा पाएर समाती हाल्यो । आफ्नो परिचय दिएको त झन् तपाईहरु जस्तोले पनि सेवन गरेर हिड्ने हो भनेर गाली पो खाइयो । धेरै बेर लफडा पछि एक हजार जरिवना तिरेर बल्ल छुटकारा पाइयो । त्यसपछि कहिल्यै ट्राफिकको फन्दामा परेको छैन । ट्राफिक नियमलाई ध्यान पुर्याएर बाइक चलाउने गरेको छु ।

 

नम्रता श्रेष्ठ, अभिनेत्री


छड्के सुटिङको बेला ट्राफिकको फन्दामा परेको छु । सौगात दाई (सौगात मल्ल)लाई स्कुटीको पछाडी राखेर मैतीदेवी जाँदै थिए । ट्राफिकले लाइसेन्स चेक गर्यो । लाइसेन्स हालेको पर्स नै घरमा छुटेछ । मैले मास्क लगाएकाले मलाई ट्राफिकले चिनेन तर सौगात दाईलाई चिनी हाल्यो । उहाँले एकचोटीलाई छोडिदिन अनुरोध गर्नुभयो । सायद चिनेरै होला, ट्राफिकले पनि अर्को पटक गल्ती नगर्ने सर्तमा छाडिदियो । त्यसपछि मलाई लाग्यो नियम सबैलाई लागु हुने रहेछ । त्यसपछि मैले ट्राफिक नियमलाई मिचेको छैन ।


दिपेन्द्र के. खनाल, निर्देशक


मेरो त ट्राफिकसँग राम्रै लफडा परेको छ । एउटा माइक्रो ड्राइभरले ओभर टेक गर्दा मैले चाहि ट्राफिकको गाली खानु पर्यो । म पनि के कम ? गाडी रोकेर बिच बाटोमै आफुले गल्ती नगरको बताएँ । तर के गर्नु नेपालका ट्राफिक पब्लिकसँग मिठो गरी बोल्नै जाँदैनन् । सुरुमा त उस्ले मलाई अपशब्द बोल्दै गाली गरेको थियो । सत्य कुरा थाहा पाएपछि भने उस्ले नै मलाई सरी भन्यो । त्यसपछि खासै ट्राफिकको फन्दामा परेको छैन ।


अशिष्मा नकर्मी, अभिनेत्री


थ्याङ्क्स गड ! अहिलेसम्म मैले ट्राफिकको झन्झट भोगेको छैन । स्कुटी चलाउँदा बिल बुक र लाइसेन्स साथमा राख्छु । अन्य ट्राफिक नियम पनि अहिले सम्म मिचेको छैन । मापासे नगरिने हुनाले त्यसमा फस्ने भन्ने नै भएन । ट्राफिक नियम पालना गर्नु भनेको आफ्नै लागि फाईदा हो ।


सविन श्रेष्ठ, अभिनेता  


खासै ठुलो ट्राफिक झन्झटमा परेको छैन । तर, मापेसमा चेकिङबाट भने मुस्किलले बचेको छु । साँझ रेष्टुरेन्टमा बसेर साथीसँग एउटा वियर लाएर निस्कदै थिएँ । ट्राफिक त मापासे चेकिङको लागी गेटमै बसेको रै'छ । परेन त फसाद ! के गर्नु, के गर्नु भो । अन्त्यमा केही नलागेर त्यही रेष्टुरेन्ट मालिकको बाईक पछाडी बसेर बिच बाटोमा आइपुगियो । त्यहाँ पछि भने ट्राफिकसँग बचेर हिंडेको छु ।