राजधानीमा गर्मीले चिसो शितलता खोजिरहंदा अभिनेत्री प्रियंका कार्कीले भने आफ्नो फेसबुक वालमा लेखिन्- 'मलाई यो गर्मी जाडो लाग्दैछ, बन्दीपुर चिसो थियो, नगरकोट त बरफ नै रहेछ ।'
थ्री लभर्स डेव्यु गर्लको यो स्टाटस फेसबुकमा देख्ने वित्तिकै फिल्मीखबरले उनको मोबाईलमा घन्टी बजायो । जाडो भयो भन्दै फेसबुकमा छाएकी प्रियंका फिल्मीखबरको फोन गफमा मज्जैसँग गफिइन् । भनिन्- 'म त जाडोले ज्याकेट लगाएर बसेको छु ।' प्रियंका फिल्म आवरणको छायाँकनको क्रममा हाल नगरकोटमा छिन् । झोले रिलिजको पर्खाइमा रहेकी प्रियंका भन्छिन्- 'सबैले मलाई हट भन्छन् तर मलाई भने गर्मीमै जाडो भएको छ ।'
रहस्यमय भुमिकामा प्रस्तुत हुँदै गरेकी प्रियंकालाई आखिर किन जाडो भयो त ? कारण खुलाईन्- 'नगरकोटमा दिउँसो सुत्ने मात्रै काम हुँदैछ । सुटिङ पुरै बेलुका मात्रै हुन्छ । बेलुका काम गर्ने दिउँसो सुत्ने । काम नगरेर सुतेर बस्दा दिउँसो जाडो हुदो रहेछ ।' रातभरको कामले गर्दा प्रियंकामा विकनेस पनि देखिएछ । भनिन्- 'हिजो त झन्डै फेन्ट भएको । रेष्ट गर्दै टेक लिइरहेको छु ।'
गर्मीमा जाडो अनुभव गरिरहेकी प्रियंका आवरणको सुटिङ पश्चात एनएफडीसी राष्ट्रिय चलचित्र अवार्डको डान्स रिहर्सलमा व्यस्त हुनेछिन् । प्रियंका केन्द्रित फिल्म आवरणलाई सुवास कोइरालाले निर्देशन गर्दैछन् । प्रियंका केही महिना अगाडी फिल्म सुन्तलीको लागी बन्दीपुर पुगेकी थिइन् । भाष्कर ढुंगाना निर्देशित फिल्म सुन्तलीको सुटिङ केही समयका लागी स्थगित गरिएको छ ।

