Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

गलत बाटोमा जीयाको जवानी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/04

छाडा र अश्लिल भन्दै प्रदर्शनमा रोक लागेको फिल्म 'एटिएम'मा लाज नमानी खुलेकी नायिका जीया केसी फिल्म 'रङ वे'मा पुन: लाजै नमानी खुलेकी छिन् । एटिएमबाट नकारात्मक कमेन्ट पाएरै चर्चामा आएकी जीया प्रस्तुत सार्वजनिक प्रोमोबाट फेरि पनि चर्चामा आउने कुरामा दुईमत छैन ।

 

यसअघि केहि सफल र सभ्य फिल्म दर्शकसामु पस्केका निर्देशक दीपक श्रेष्ठले निर्देशन गरेको 'रङ वे'को प्रोमो छाडा र अश्लिल भएको आरोप लाग्न थालिसकेको छ । निर्देशक श्रेष्ठलाई यसअघि यहि फिल्मको पोस्टर चोरेको आरोप लागेको थियो । प्रोमो हेरिसकेपछि आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोला !