Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो रह्यो ७ घण्टे एनएफडिसी राष्ट्रिय पुरस्कार

फिल्मीखबर, काठमाण्डौ, 2013/07/21

एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०६९ फिल्म सायदमय बन्न पुग्यो । विभिन्न १६ विधाका पुरस्कार मध्ये विभिन्न ७ विधामा सायद वर्चस्व रह्यो ।

 

हिरा सर्वोत्कृट फिल्म (दुर्गिश), प्रकाश सर्वोत्कृष्ट निर्देशक (सुरज सुब्बा नाल्बो), निर सर्वोत्कृष्ट सहअभिनेता (विल्सन विक्रम राई), मञ्जु सर्वोत्कृष्ट छायाँकार (संजय लामा) र चेतन सर्वोत्कृष्ट पटकथा लेखक (सुरज सुब्बा नाल्बो) पुरस्कार सायदको पोल्टामा पर्यो । त्यस्तै मह जुरीबाट सायदकै संयम पुरी पुरस्कृत भए भने कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्र पनि सायद नै ठहरियो ।


नेपाली मुलका भारतीय गायक उदित नारायण झा युक्त बनेको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा शिव सर्वोत्कृष्ट अभिनेता जीवन लुइँलेट घोषित भए । ओफा अवार्डमा समेत पपुलर अभिनेता चुनिएका जीवनले उत्कृष्ट पाँचमा पर्न सफल अभिनेता आर्यन सिग्देल, राजबल्लभ कोइराला, सौगात मल्ल र संयम पुरीलाई पछि पारे । त्यस्तै भुवन सर्वोत्कृष्ट अभिनेत्री पुरस्कारबाट नोटबुककी निता ढुङ्गाना पुरस्कृत भइन् । निताले ओफा पपुलर अभिनेत्री विनर रेखा थापा सहित निशा अधिकारी, गरिमा पन्त, प्रियंका कार्कीलाई उछिनिन् ।

 

 


त्यस्तै सुरेश अधिकारीले फिल्म मायाज बारको सरसर...बोलीको गीतबाट शम्भूजित सर्वोत्कृष्ट संगीतकारको पुरस्कार हात पारे । उदित सर्वोत्कृष्ट पाश्र्व गायनको पुरस्कार भने फिल्म रिदमको पागल म बन्न सक्छु बोलको गीतबाट स्वरुपराज पुरस्कृत भए । त्यस्तै भुटानी सर्वोत्कृष्ट द्धन्द्ध निर्देशक अन्र्तगत फिल्म हमेशाबाट चन्द्र पन्त पुरस्कृत भए । बसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको पुरस्कार फिल्म के म तिम्रो साथी बन्न सक्छुबाट कविराज गहतरात तर्फ गयो ।

 

 

 

फिल्म फूलबाट प्रदीप सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रणको पुरस्कार रामकृष्ण श्रेष्ठ र सुनयमान श्रेष्ठले हात पारे । वसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री तर्फ फिल्म मायाज बारबाट करिश्मा मानन्धर पुरस्कृत भइन् भने पुष्कर चलचित्र पत्रकारीता पुरस्कारबाट नेपाल समाचार पत्र दैनिकमा कार्यरत विदुर गिरी पुरस्कृत भए ।

 

 

 

साउन ५ शनिबार भद्रकालीमा सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार अन्य पुरस्कार समारोह भन्दा निकै नै लामो समयावधीको बन्न पुग्यो । ३ बजेबाट सुरु भएको पुरस्कार समारोह बेलुका सवा ९ बजे सम्म सञ्चालन भएको थियो । रेड कार्पेट सहितको अवार्ड कार्यक्रमलाई अतिथिको ढिला आगमन, होस्टको लामो वर्णन र हरेक अवार्ड विनरको मन्तव्यबाट लामो बनाएको थियो ।

 

 

 

खचाखच अवार्ड हलमा पङ्खा र इयर कन्डिसनको व्यवस्था नहुंदा आगन्तुक गर्मी र प्यासले प्याकप्याक परेका थिए । अभिनेता राजेश हमालको होस्टिङबाट प्रारम्भ भएको अवार्ड कार्यक्रमका मुख्य आकर्षक गायक उदित नाराण झा र पत्नी दिपा नारायण झा सहित युक्रेनकी अभिनेत्री नेले सभिचेन्को थिए ।