Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

गर्लफ्रेण्डसँग खुल्न थाले आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2013/07/20

आफ्नो रिलेशनसिपलाई गोप्य राख्दै आएका अभिनेता आर्यन सिग्देल अब भने ओपन रिलेशनशिपमा आएका छन् । यसअघि सपना भण्डारीलाई प्रेमिकाको रूपमा अस्विकार गर्दै आएका आर्यनले फिल्म महसुशको प्रेस मिटबाट भने प्रेमिका रहेको खुलासा गरेका हुन् ।

 

अहिले त आर्यनले आफ्नै फेसबुक वालमा पनि सपनालाई प्रेमिकाको रूपमा चिनाउन थालेका छन् । कति साथीहरूको जिज्ञासालाई उनले मेटिदिएका छन् । लामो समयदेखि अफयर्समा रहेका आर्यन र सपनाले यो सम्बन्धलाई पूर्णता दिन बिहेको योजना समेत बनाएको बुझिन्छ ।

 

प्राय सेलिब्रेटीहरूले रिलेशनसिपलाई लुकाउने गरेको देखिन्छ । बिबाह भएको समेत खुलाउन नचाहने सेलिब्रेटीहरूको भिडमा आर्यनले भने सपनालाई चिनाउन थालेका छन् । महसुश फिल्म रिलिजको पर्खाईमा रहेका आर्यनले आफ्ना फ्यानहरूलाई गर्लफ्रेण्ड भएको महसुश गराउन थालेका हुन् या फिल्मको पब्लिसिटीलाई, आर्यन नै जानुन् ।