Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

यो कथा हो तिम्रो मेरोको स्क्रिप्ट पूजा

फिल्मीखबर, काठमाण्डौ, 2013/07/20

द फ्रेम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘यो कथा हो तिम्रो मेरो’को फाइनल स्क्रिप्ट पूजाआजा गरि सुटिङको तयारीमा लागिपरेको छ । भक्तपुरको सरस्वती मन्दिरमा स्क्रिप्टको पूजाआजा गरि फिल्मलाई साउन २५ बाट शुभमुहूर्त गरी छायाँकनमा जाने तयारीमा निर्माण पक्ष जुटेको निर्माता निर्देशक ओम प्रतिकले बताए ।

 

 

फिल्म 'यो कथा हो तिम्रो मेरो'को कथा राजकुमार राईले लेखेका हुन् भने स्क्रिप्ट लेखन निर्देशक प्रतिककै रहेको छ । सुरेश बज्राचार्यको छायाँकन रहने यस फिल्मको संगीत भने विकास चौधरीको रहेको छ । शंकर अधिकारी घायल, गणेश सुवेदीको गीत रहेको यस फिल्मको पब्लिसिटी डिजाइनर भने पत्रकार शान्तिप्रिय रहेका छन् ।

 

 

फिल्ममा रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती र ओम प्रतिकको अभिनय रहने छ भने अन्य कलाकारहरु छनौट हुन बाँकी रहेको छ । यस फिल्मका निर्माता रमेश प्रजापति रहेका छन् भने विशेष सहयोगी राम बुढाथोकी रहेका छन् । 'यो कथा हो तिम्रो मेरो'को गीत रेकर्डिङ कार्य भने सकिसकेको छ ।