
अस्पताल प्रशासनका अनुसार बिष प्रयोगको असर १४ दिन सम्म हुन्छ त्यस मध्ये ७२ घण्टा सम्म वाच आवरमा राख्नु पर्ने हुनाले देउजाको अवस्था अहिले 'वेट एण्ड सि' भनिएको छ ।

निर्देशक ज्ञानेन्द्र देउजाले आज दिउसो एक बजे आत्महत्याको प्रयास गरेका छन् । गोकर्न नजिकैको जगडोल जंगलमा रेडबुलमा बिष हालेर खाँदै गरेको अवस्थामा प्रहरीले भेटे पछि उनलाई गोकर्ण नजिकैको नेपाल मेडिकल कलेजमा लगेको बुझिएको छ । उनलाई अहिले ICU मा भर्ना गरिएको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको बुझ्नमा आएको छ ।

भगवान प्रति आस्था राख्ने नायिका नन्दिताले केसी साउन महिनामा ब्रत बस्ने चलनलाई छाडेकी छैनन् । सदाका बर्षमा झैं उनी यस बर्ष पनि ब्रत बसेकी छिन् ।

प्रमुख आकर्षणको केन्द्रको रुपमा सप्राईज दिदै डिसीले स्वर्गीय राजा वीरेन्द्र शाहलाई आधा मिनेट बढी स्क्रिनमा देखाउँदैछन् । पात्रको रूपमा आफूले वीरेन्द्रसंग अवार्ड लिएको दृश्य समेटेको र सो दृश्य हेर्दा दर्शक केही चकित हुने डिसीको भनाई छ ।

'मलाई भिडियो गर्न मन लाग्दैन र गर्न सक्छु भने कन्फिडेन्ट पनि छैन तर पनि अनुभवको लागि गरें', शनिबार संगीता श्रेष्ठको निर्देशनमा म्युजिक भिडियोको अनुभव लिएका अभिनेता दयाहाङ राईले फिल्मीखबरसँग अनुभव साट्दै भने, 'संगीताजीले कन्भिन्स गर्नु भयो र रिक्स लिएर काम गरें । एउटा छुट्टै रमाईलो अनुभुती भयो ।'

अफिसियल रुपमा 'धुवाँ यो नशा' को आज फष्टलुक सार्वजनिक गरिएको छ । दर्ता प्रक्रियामा हार खेपेपछि धुवाँको पछाडी यो नशा राख्न बाध्य भएका निर्देशक लक्ष्मण रिजालले यो नशाको फन्ट सानो बनाउदै सुमन सिंह अभिनित अर्को फिल्म धुवाँ टिमसंग निहु खोजे जस्तो देखिएको छ ।