Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 5.00/5.00)
Text size:-
+
-

मेघा फस्टलुक : ऐना पुछेर देखिएकी नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2013/07/20

सबस्त इन्टरटेन्मेन्ट व्यानरमा निर्माण भएको फिल्म 'मेघा'को फस्टलुक आउट गरिएको छ । १८ सेकेन्डको फस्टलुक प्रोमोमा अभिनेत्री नम्रता श्रेष्ठलाई देख्न सकिन्छ ।

 

फिल्ममा नम्रताले अभिनेत्री मनिषा कोईरालाका भाई सिद्धार्थ कोईरालासँग अनस्क्रिन रोमान्स गरेकी छिन् तर फस्टलुकमा भने उनी अटाएका छैनन् । सम्झना उप्रेती रौनियारको डेब्यू निर्देशन रहेको यो फिल्ममा नम्रता र सिद्धार्थको साथमा रेमनदास श्रेष्ठ, भिन्तुना जोशीको पनि अभिनय रहेको छ ।

 

कुशल फोटोग्राफर विकास रौनियार कार्यकारी निर्माता रहेको यो फिल्ममा रामशरण उप्रेतीको छायांकन, गोपाल योञ्जनको संगीत, कमल राईको करियोग्राफी तथा बनिश शाहको सम्पादन रहेको छ ।