साउन ५ गते शनिबार साँझ भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार आयोजना हुँदैछ । नेपाल राष्ट्रिय चलचित्र विकास कम्पनीद्धारा आयोजित अवार्ड समारोहको सेलिव्रेटी रेड कार्पेट वाक साँझ ३ बजे र औपचारिक समारोह साँझ चार बजेबाट प्रारम्भ हुनेछ ।
३ देखी ७ बजे सम्मको लाईभ अवार्ड फङ्सनका मुख्य आकर्षक नेपाली, बलिउड तथा हलिउड सेलिव्रेटी हुनेछन् । टिभी फिल्मी मार्फत प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा पुराना तथा नयाँ नेपाली फिल्मकर्मी देखी युक्रेनकी अभिनेत्री नले सेभेचेन्को क्ल्मेन र बलिउडबाट महेश भट्ट, नेपाली मुलका गायक उदित नारायण झा र दिपा झा सहभागी हुनेछ ।
नेपाली पहिलो फिल्म आमाका तीन हिरोइन चैत्यदेवी सिंह, भुवन चन्द र बसुन्धरा भूषालले अवार्डमा संयुक्त नृत्य प्रस्तुत गर्नेछन् । साथमा अभिनेता भुवन केसी, शिव श्रेष्ठ र सुशिल क्षेत्रीको पनि नृत्यलाई देख्न सकिनेछ । नयाँको पनि जोडदार प्रस्तुती रहने आयोजकले बताएको छ ।
वर्ष २०६९ बैशाख १ देखी ०६९ चैत २९ सम्म प्रदर्शनमा आएका ९२ वटा फिल्मले अवार्डमा सहभागीता जनाएका छन् । विभिन्न १३ विधामा वितरण गरिने अवार्ड समारोह सभ्य, भव्य र विवाद रहित हुने आयोजक कमिटीको उद्घोष छ । घोषणा गरे जस्तै अवार्ड सभ्य, भव्य र विवाद रहित होला ? भोली साँझ ७ बजे सम्म धैर्य गर्रौ ।

