कागबेनी डेब्यू हिरो तथा चर्चित पप गायक निमा रूम्बाले राम्रो स्क्रिप्ट पाए फिल्म खेल्ने बताए । शनिबार पोखराको सभागृहमा सम्पन्न भएको बिग आईकनमा प्रमुख अतिथीको रूपमा उपस्थित भएका निमाले फिल्मीखबरसँगको फिल्मी गफमा आफू फिल्म खेल्न तयार भएको बताएका हुन् ।
'फिल्म खेल्नको लागि धेरै अफर आए तर राम्रो स्क्रिप्ट अहिलेसम्म पाएको छैन,' निमाले भने- 'राम्रो स्क्रिप्ट आयो भने पक्कै पनि फिल्ममा काम गर्छु ।' भुषण दाहालले फिल्म 'कागबेनी'मा फिचर गराएका निमाले पछिल्लो समय फिल्म 'भिसा गर्ल'मा केमियो रोल गरेका थिए । 'धेरै फिल्मको लागि अफर आए तर अधिकांशको त स्क्रिप्टमा नै कमजोरी पाएँ,' निमाले भने- 'अर्काको स्क्रिप्टलाई नराम्रो भन्न पनि नमिल्ले अनि गर्दिन भन्न पनि गार्हो हुने । अहिले त स्क्रिप्ट पढ्ने मात्र काम भएको छ ।'
मुस्कान रानाभाटलाई बिग आईकनको प्रमाणपत्र प्रदान गरेका निमाले फिल्म कमै हेर्ने गरे पनि नेपाली फिल्म प्रति भने निकै झुकाव देखाए । 'समयको व्यस्तताले फिल्म हेर्ने खासै समय मिल्दैन तर चासो भने निकै लिन्छु,' निमाले भने- 'म पनि बेला बेला फिल्ममा झुल्किने गरेकाले चासो लिनै पर्ने हुन्छ ।'
केहि बर्ष अगाडी घोषणा गरि केहि भाग सुटिङ समेत गरेर ब्रेक भएको फिल्म 'रंगिन मनशाय'मा हिरो बन्ने तयारी तयारी तुहिएपछि अनुहारमा चमक लुकाउँदै निमाले भने- 'बिबिध कारणले गर्दा फिल्म बन्न सकेन । तर खासै चिन्ता पनि छैन ।' उनले उक्त फिल्म बन्ने सम्भावना नरहेको बताए । गायनमा आफ्नो छुट्टै पहिचान बनाएका निमाले फिल्ममा पनि छिट्टै नै दर्शकसामु नयाँ पहिचान बोकेर आउन्, हाम्रो शुभकामना !
तस्विर : कस्तो रमाईलो डट कम

