कवि हिरो जीवन लुइँटेलले यो वर्ष अवार्ड ग्रहणमा ह्याट्रिक गरे । एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारसँगै यही (वर्ष ०७०) सम्पन्न फिल्मीखबर साप्ताहिक पत्रिका र अनलाईन फिल्मीखबर पपुलर अवार्ड (ओफा)मा नसीब आफ्नो डेव्यु हिरो सर्वोत्कृष्ट अभिनेता घोषित भए । मिडियाले पनि जीवनलाई नै वर्ष ०६९ को नम्वर एक हिरोको दर्जा दियो ।
कोट पाईन्टमा सजिन मन पराउने जीवनका गत वर्ष मालतीको भट्टी, रिदम र ०७० को पूर्वाधमा नोटबुक फिल्म प्रदर्शनमा आए । मालतीको भट्टी र रिदमको हिट व्यापारसँगै नोटबुकको मध्यम व्यापारले जीवनलाई हिट हिरोमा उभ्यायो । अभिनेता सौगात मल्ल, आर्यन सिग्देल, राजवल्लभ कोइराला र पुच्चे संयम पुरीसँग जीवनको प्रतिस्पर्धा रह्यो । हालसम्म सम्पन्न अवार्डमा आफ्ना प्रतिस्पर्धीलाईa उछिनेका जीवन अन्य अवार्ड समारोहमा पनि उत्कृष्ट होलान् ? नेपाल सरकारको राष्ट्रिय चलचित्र पुरस्कारसँगै नेफ्टा र डिजिटल फिल्मीखबर अवार्ड पनि आयोजना हुन बाँकी छन् ।
अभिनय गरे वापत करिश्मालाई पहिलो पुरस्कार
.jpg)
अभिनेत्री करिश्मा मानन्धरले पहिलो पटक अभिनय गरेवात पुरस्कार हात परिन् । एक सय भन्दा बढी फिल्ममा अभिनय कला देखाएकी करिश्माले शनिबार सम्मन्न एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा बसुन्धरा सह-अभिनेत्रीको पुरस्कार हात पारिन् । सुन्दरी करिश्मालाई फिल्म मायाज बारमा उत्कृष्ट अभिनय गरेवापत सह-अभिनेत्रीको पुरस्कार प्रदान गरिएको थियो ।
स्व.राजा विरेन्द्र शाहबाट दक्षिण बाहु पुरस्कार हात पारेकी करिश्मालाई आफुले उक्त अवार्ड टाईटल पाउँछु जस्तो लागेको थिएन रे । आर्मी अफिसर्स क्लबको साँझमा रातो साडीमा सजिएकी करिश्माले अनुभव सुनाइन्- 'लौ मैले पनि अवार्ड पाएँ र भन्ने लाग्यो । हाम्रो पालामा खासै अवार्ड कार्यक्रम हुदैन्थ्यो ।' होम प्रोजेक्टको विषयमा योजना बनाइरहेकी अभिनत्रीले भनिन्- 'काम गर्दा कहिल्यै अवार्ड पाउने अपेक्षा गरिएन । अवार्ड मलाई भन्दा पनि नयाँ बैनीलाई दिएको भए काम गर्न हौसला मिल्थ्यो ।'
अभिनेत्रीको अवार्डमा भुवन केसीको नाम
.jpg)
एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार अन्र्तगत उत्कृष्ट अभिनेत्री तर्फको पुरस्कार सम्झन लायक बन्यो । नेपाली फिल्मको पहिलो अभिनेत्री भुवन चन्द र अभिनेता भुवन केसीको नाममा सर्वोत्कृष्ट अभिनेत्रीलाई पुरस्कार दिइयो । अभिनेत्रीलाई दिइने पुरस्कारमा कसरी भुवन केसीलाई समावेश गरियो ? अवार्डमा उपस्थित बिच कानेखुसी चल्यो । कानेखुसी गर्नेबाट सुनियो भुवन महिला प्रेमी छन् त्यसकारण अभिनेत्रीको कोटामा परे ।

