Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजेशले सुनाए आफ्नै जोक्स

फिल्मीखबर, काठमाण्डौ, 2013/07/21

यदि एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार अव्यवस्थित हुदैन्थ्यो भने अभिनेता राजेश हमालको मुखबाट जोक्स सुन्ने अवसर गुम्न पुग्थ्यो ।

 

सम्मान ग्रहणको लागी नाम घोषणा गर्दा समेत आमाका तीन अभिनेत्री भुवन चन्द, बसुन्धरा भूषाल र चैतन्यदेवी सिंहले स्टेजमा आउन ढिलाइ गरेपछि हमालले खाली समयको सदुपयोग गरे । अवार्ड समारोहको प्रारम्भीक होस्ट गर्ने जिम्मा पाएका राजेशले आफैसँग सम्बन्धित जोक्स सुनाए । रेडियो र टेलिभिजनबाट लाईभ प्रत्यक्ष प्रसारण भएको अवार्डमा अभिनेता हमालले सुनाएको जोक्स यस्तो थियो -


पहिलो : राजेश हमाल एउटा फिल्मको गीतमा यती धेरै नाच्यो रे कि, नाच्दा नाच्दा खाल्डो नै परेछ । खाल्डो पनि यती ठुलो परेछ जुन खाल्डो अहिले फेवातालको नामले परिचित छ ।

दोस्रो : ईन्डिया र ब्रिटिस दुतावासको बिचमा राजेश हमालेको घर छ । एक जना मान्छेले कुनै एक जना विदेशी पाहुनाले राजेश हमाललाई सोधेछ, राजेश जी दुई दुतावासको बिचमा तपाईले घर बनाउनु कारण चाहि के हो ? राजेश हमालले हास्दै भनेछ रे, भारतीय र ब्रिटिस दुतावसलाई सुरक्षा चाहिदैन ।


राजेशल हमालको जोक्सबाट माहोल हाँसोमय बनेको थियो । आफैसँग सम्बन्धित जोक्स पहिलो पटक सुनाएको अभिनेता हमालले बताएका थिए ।