Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उदित दम्पती प्रति दिपा र दिपकको झटारो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/21

राजा विरेन्द्र शाह परिवारको दु:खद निधले १२ वर्ष सम्म मुम्बईमै रोकिएका गायक उदित नारायण झा पत्नी दिपा सहित एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको अवसर पारेर नेपाल आइपुगे । साउन ५ शनिबार साँझ एनएफडिसी अवार्डका प्रमुख अतिथि झा दम्पती अधिकांश वत्ताको केन्द्रमा रहे ।

 

 

अभिनेता भुवन केसी देखी छायाँकार मञ्जु कुमार श्रेष्ठ सम्मको तारिफ र सम्झनाका क्षणले गद्गद भएका झा दम्पती कलाकार दिपाश्री निर्रौला र दिपकराज गिरीबाट भने हाँस्य ब्याङग्यको झटारो बन्न पुगेका थिए । दिपा र दिपकले यसरी झटारो हाने कि उदित र दिपा पेट मिचिमिचि नहाँसीरहन सकेनन् ।

 

 

रमाइलो प्रसंग त के रह्यो भने, जब दिपाले अन्र्तवार्ताका लागी दिपकलाई उदित नारायण झा भन्दै स्टेजमा बोलाइन्, उदित नै उठेर स्टेज तर्फ जान सुर कसे । तर, दिपकको आगमनले उदित कुर्सीमै रोकिए । दिपा र दिपकको प्रस्तुतीभर झा दम्पती सहित आगन्तु पाहनु हाँसी नै रहे । दिपा र दिपकको हास्य व्याङ्ग्य झटारो यस्तो छ -