कमलकृष्ण निर्देशित नेपाली फिल्म ‘प्राण भन्दा प्यारो’ले एडल्ट प्रमाणपत्र पाएको छ । नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय मातहतको सेन्सर वोर्डले १६ बर्ष मुनिका बालबालिकाले फिल्म हेर्न नपाउने गरी एडल्ट प्रमाणपत्र दिएको हो ।
.jpg)
फिल्म भित्र बालबालिकाले हेर्न नसक्ने एउटा बलात्कारको दृश्यको कारण एडल्ट प्रमाणपत्र पाएको निर्देशक कमलकृष्णले बताए । उनले उक्त बलत्कारको दृश्यमा अश्लिलता नभई जर्जर भएको प्रष्ट पारे । निर्देशकका अनुसार यो फिल्म सत्यकथामा आधारित छ । ‘एउटी नारी जब बलात्कृत हुन्छिन् तब उसले आत्महत्या गर्ने होईन उसले बदला लिनुपर्छ भन्ने कुरा देखाईएको छ,' निर्देशक भन्छन्- 'नारीले आफ्नो बदला आँफै लिन सक्षम हुन्छन् र उनिहरु पनि यो समाजमा सबल छन् भन्ने आशय फिल्मको छ ।'
.jpg)
नेपाल र मलेशियामा छायाँकन गरिएको सस्पेन्स रोमाञ्चक प्रेमकथानक फिल्म ‘प्राण भन्दा प्यारो’मा मलेशियाका बासु पुडासैनी, अनामिका चौलागाई, आशा खड्का, बिष्णु सापकोटा, निर्देशक कमलकृष्ण लगायतको अभिनय रहेको छ । पञ्च परमेश्वर प्राईभेट लिमिटेडले निर्माण गरेको यो फिल्ममा राजेश शाहको सम्पादन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कथा र गीत गणेश बगालेको रहेको छ ।

