Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खप्तडले खोज्यो प्रतिभावान कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2013/07/23

अक्टुबर सेकेन्ड विकबाट सुटिङको थालनी गर्ने लक्ष्य लिएको फिल्म 'खप्तड'को कास्टिङ कल गरिएको छ । खप्तड युनिटले एक विज्ञप्ती जारी गर्दै ७ जना महिला तथा पुरुष पात्रको अडिसन आव्ह्वान गरेको हो ।

 

विभिन्न उमेर समुहको रोलको लागी यही जुलाई २६ तारिखमा कमल पोखरीको गोल्डेन याक स्टुडियोमा अडिसन लिइनेछ । सस्पेन्स थ्रिलर बेस फिल्म 'खप्तड'को अडिसन बारे कास्टिङ डिरेक्टर सुशिलराज पाण्डे भन्छन्- 'हाम्रो खोजीमा सुहाउँदो क्यारेक्टर पाउन नसकेपछि अडिसन आव्ह्वान गरिएको हो । हाम्रो उद्धेश्य प्रतिभावानलाई चान्स दिनु हुनेछ ।'

 

 

कलाकारको उमेर पावन्दीले गर्दा फिचर फिल्मका नियमती तथा थिएटरका कलाकारलाई खप्तडमा चयन गर्न कठिन परेको कास्टिङ डिरेक्टर पाण्डेको भनाई छ । अमेरिकामा फिल्म निर्देशनको कोर्ष सकेका पासाङ लामा खप्तडका निर्देशक हुन् । खप्तडको कथा एवम स्क्रिप्ट पनि निर्देशक लामाकै छ । फिल्मलाई गोल्डेन याक कम्पनीले निर्माण गर्नेछ । खप्तडको अन्य प्राविधिक युनिट भने फाइनल हुन बाँकी छ ।