Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा जन्मिदै छन् बुद्ध

फिल्मीखबर, काठमाण्डौ, 2013/07/22

आफ्नो देशको सम्पती गौतम बुद्धलाई अन्य मूलुकले भारतको भनिरहेको बेला सत्य कुरालाई प्रतिवाद गर्न हिरो रमित ढुंगाना यतिबेला 'बुद्ध बर्न इन नेपाल' नामक फिल्मको सुटिङमा व्यस्त छन् । केहि दिन अगाडी मात्र उनले बुद्धको जन्मथलो लुम्बिनीमा फिल्मको मुहुर्तसँगै सुटिङ गरे ।


दुई दिनको सुटिङ सकेर हाल काठमाण्डौमा सुटिङको तयारी गरेका निर्माता/हिरो रमितले फिल्मीखबरसँगको कुराकानीमा भने- ''फिल्म बनाएर बुद्ध नेपालमै जन्मिएको सावित गर्नेछु ।' फिल्मलाई सबटाईटल दिएर बिश्वब्यापी बनाउने रमितको योजना छ । फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरिरहेका छन् ।

 

सगारिका फिल्म प्रोडक्सन (युएसए)को व्यानरमा रमितले निर्माण गरिरहेको यो फिल्ममा रमित सहित अमित ढुंगाना, निर शाह, मिथिला शर्मा, मनिता लामा, रामेश्वर बुर्लाकोटी, जीवन कुमार पौडेल लगायतले अभिनय गर्नेछन् । रमित आफैले फिल्मको स्क्रिप्ट लेखेका हुन् भने संगीत सुरेश अधिकारीको रहेको छ । यस्तै फिल्मलाई दिर्घ गुरूङले खिचिरहेका छन् ।

 

फिल्मलाई नेपाल सहित अमेरिकामा पनि खिचिने छ । बुद्धको कथा भएपनि फिल्मको अधिकांश सुटिङ अमेरिकामा नै हुने रमित बताउँछन् । रमित अहिले फिल्मको लागि नायिका छनोटमा पनि लागिपरेका छन् । 'इनोसेन्ट र क्यूट नायिकाको खोजिमा छु,' रमितले भने । 'बुद्ध वर्न इन नेपाल'लाई विश्वका लाइव्रेरीमा प्रदर्शनको लागी राखिने रमित बताउँछन् ।