फिल्म हँसियाले कटाएको अभिनेता राजेश हमालेको कपाल राजनीति फिल्ममा भने छोटो हुन पुगेको छ । अभिनेता हमालले फिल्म राजनीतिको पुरै सुटिङ लामो कपालमा गराएका थिए । तर, निर्माण युनिटले कपाल काटिएपछि पनि सुट गरेपछि राजनीतिमा उनको कपाल छोटो हुन पुगेको हो ।
फिल्मको पोष्टर्समा पनि अभिनेता हमालको कपाल लामो नै छ । यद्पी फिल्मको केही दृश्यमा भने अभिनेता हमाललाई छोटो कपाल भएको राजनीतिज्ञका रुपमा देख्न सकिनेछ । निर्देशक बसन्त निर्रौलाले कपाल लामो र छोटो हुंदा भुमिकामा फरक नपर्ने बताएका छन् । भदौ २८ लाई रिलिज लक्ष्य राखिएको राजनीतिको बाँकी दृश्यलाई आज (साउन ८ ) गते नुतन स्टुडियोमा छायाँकन गरिएको थियो । जहाँ राजेशले राजनीतिक भाषण दिएका थिए ।
सुटिङ सेटमा कोमल वली र रमेश बुढाथोकी पनि उपस्थित थिए । फिल्ममा राजेश र कोमल पती पत्नीको भुमिकामा प्रस्तुत भएका छन् । फिल्मलाई दिपक सुवेदी र हरी पन्तले निर्माण गरेका हुन् । दर्शकले फिल्ममा राजेशको लामो र छोटो कपाललाई कत्तिको याद गर्छन् ? प्रतिक्षा गर्रौ


