नायक सविन श्रेष्ठ र नायिका शुभेच्छा थापाको सम्बन्धले केही समय देखी निकटता पाएको छ । धेरै जसो फिल्ममा रेखा थापाको जोडी भएर प्रस्तुत हुने सविनले असार पन्ध्रको संयोगमा नायिका थापासँग फोटो सुट गराएका थिए । खेतको हिलोमा गराइएको उनीहरुको तस्बिरले राम्रै चर्चा पाएको थियो । तस्बिरमा उनीहरु निकै नै खुलेका थिए ।
असार पन्ध्रबाट नजिकिएको यो जोडी फिल्म मिस नेपालमा पनि सँगै प्रस्तुत भएको छ । मिस नेपाल बन्न गर्नुपर्ने संघर्षको कथालाई मुख्य विषय बनाइएको फिल्म मिस नेपाललाई शुभेच्छाले निर्माण गरेकी हुन् । शुभेच्छाको फिल्ममा सविनले एउटा गीतमा अभिनय गरेका छन् । जहाँ अभिनेत्री थापा उनको अपोजिटमा छिन् ।
.jpg)
तस्विर : अनलाईनखबर डट कम
शुभेच्छासँगको सम्बन्ध बारे सविन भन्छन्- 'उहाँ मेरो आदरणीय हुनुनुहन्छ । सबैसँग सम्बन्ध सुमधुर हुनुपर्छ भन्ने मान्यता मेरो हो ।' फिल्म क्षेत्रमा त सम्बन्धलाई लिएर खानेखुसी चल्छ नि ? भन्ने प्रश्नमा सविन थप्छन्- 'खानेखुसी गर्नुपर्ने हाम्रो सम्बन्ध नै के छ र ? हाम्रो सम्बन्ध सेटमै सिमित छ । त्यहाँ भन्दा माथि जाने कुरै भएन ।'

सविनको केही महिना अघि प्रेमिका नम्रता झासँग व्रेक भएको थियो । हाल उनी सिङ्गल छन् । गर्लफ्रेन्ड नहुँदाको ह्याङलाई कम गर्न शुभेच्छासँग नजिकिएको भन्ने हो भने शुभेच्छा विवाहित हुन् । पारिवारिक प्रसंग जे भएपनि सविन र शुभेच्छा बीचको निकटताले फिल्मकर्मी बीच गफको शिर्षक सृजना गरिदिएको छ ।

