Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ढुवानीलाई सेन्सर झमेला

फिल्मीखबर, काठमाण्डौ, 2013/07/30

भदौ २८ मा अल नेपाल प्रदर्शन हुने सामाजिक फिल्म ढुवानीले सेन्सर वोर्डको झमेला खेप्नु परेको छ । सेन्सर सदस्यले फिल्मका पात्रले प्रयोग गरेका एक दर्जन वाक्यलाई हटाउन भनेपछि ढुवानी युनिट तनावमा छ ।

 

निर्मात्री कविता श्रेष्ठका अनुसार सेन्सर वोर्डले ढुवानीको निम्न वाक्य माथि आपत्ती जनाएको छ :

  • चाइनामा नेपाली केटीको माग बढेको छ
  • पहाडी लड्की राम्रो छ
  • चाइना पार्सल गरेर पठाइदिन्छु
  • यो देशमा के बस्ने ?

फिल्ममा प्रयोग गरिएका राजनितिक दलको नामलाई पनि वोर्ड सदस्यले हटाउनु पर्ने अड्डी लिएको निर्मात्री श्रेष्ठ जानकारी दिन्छिन् । कविता भन्छिन्- 'फिल्मलाई लिएर हामी प्रधानमन्त्री सम्म पुग्न तयार छौं ।' फिल्ममा प्रयोग गरिएका संवाद अध्ययन पछि मात्रै प्रयोग गरिएको निर्मात्रीको भनाई छ । 'माईती नेपालको रिपोर्टले पनि चाईनामा बढी चेलिबेटी ढुवानी हुने रिपोर्ट देखाउँछ,' निर्मात्री श्रेष्ठले भनिन्- 'रिपोर्टमा देखिएको कुरा फिल्ममा राख्न नपाइने ?'

 

सेन्सर फुकुवाको लागी निर्देशक पिताम्वर पाण्डे सेन्सर सदस्यसँग लवी गरिरहेका छन् । दलालले प्रयोग गर्ने छाडा शब्दलाई भने निर्माण युनिट विप राख्न तयार भएको छ । फिल्ममा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ ।

 

माईती नेपालका अध्यक्ष अनुराधा कोइरालासँग निर्मात्री श्रेष्ठले प्रदर्शन पश्चात ढुवानीको अल नेपाल च्यारिटी गर्ने सम्झौता गरेकी छिन् । फिल्म सर्कलमा ढुवानी राम्रै आशा जगाएको फिल्म हो । पछिल्लो समय अश्लिल फिल्म प्रति कडा बन्दै आएको सेन्सर वोर्डले ढुवानी माथि देखाएको रवैया भने टिप्पणी गर्न लायकको रहेको फिल्म निर्माण युनिटको प्रतिक्रिया छ ।