राजनीतिक दलको झन्डा मुनी पस्ने फिल्मकर्मीको भिडमा अभिनेता राजेश हमाल अपवाद हुन् । रजतपटमा वौद्धिक व्यत्तित्वका रुपमा परिचित अभिनेता हमाले कुनै पनि दल प्रति निकटको वाक्य सार्वजनिक गरेका छैनन् ।
राजनीतिक दल प्रतिको समर्थनलाई सार्वजनिक नगरेका राजेश हमाल आगामी संविधान सभाको निर्वाचनमा भने नेपाली काङ्ग्रेसबाट लड्ने फिल्म बजारमा सुनिएको छ । फिल्मी जम्काभेटमा सुनिए अनुसार जन्मथलो पाल्पा भएका अभिनेता हमाल नवलपरासीको क्षेत्र नम्बर २ बाट चुनावमा लड्ने छन् । तर, सोही क्षेत्रबाट उद्यमी विनोद चौधरीलाई पनि नेकपा एमालले टिकट दिने भएपछि भने अभिनेता हमालको उम्मेरद्धारी सोचनिय बनेको बताइएको छ ।
निर्वाचनमा लड्ने बारे अभिनेता हमाल मौन छन् । उनका सहयोगीले भने राजेश हमाल कुनै पनि राजनितिक दलसँगको भेटघाटमा नरहेको दाबी गरेका छन् । राजेशका सहयोगी दिपेन्द्र महतोले भनेका छन्- 'उहाँ कुनै एउटा पार्टी प्रति मात्रै विचार राख्ने व्यक्ति होईन । उहाँ अभिनित फिल्म राजनीतिलाई लिएर हल्ला चलाइएको होला ।' अभिनेता हमाल अभिनित फिल्म राजनीति यही साउन २८ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।
राजेशसँगै मंसिर ४ गते घोषणा गरिएको निर्वाचनमा अभिनेत्री रेखा थापा, अभिनेता भुवन केसी, निर्देशक दिनेश डिसी लगायत उठ्ने चर्चा छ । गृह जिल्ला मोरङबाट रेखा उठ्ने पक्का पक्की भएको छ भने एमालेका उम्मेद्धारी भुवन र दिनेशको क्षेत्र फाइनल हुन बाँकी छ ।
सेलायो हमालको बिहे चर्चा
यही वर्ष ७० साल भित्र लगन जुराउने भनिएपनि अभिनेता राजेश हमालको बिहे प्रसंग सुस्ताएको छ । कपुरधारास्थित हमाल निवासमा रङ रोगन गरिएपनि बिहेको तयारी भने सुरु भैनसकेको उनका सहयोगी बताउँछन् । प्रेमिका मधु भट्टराईलाई माग्न अमेरिकाबाट हमालका दिदी आउने भनिएपनि उनीहरु कहिले नेपाल आउने टुङ्गो छैन । एल्बम विमोचन, उद्घाटन र साँस्कृतिक कार्यक्रमका मुख्य आकर्षक अभिनेता हमाल अहिले फिल्म हँसियाको सुटिङमा व्यस्त छन् ।

