Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

जानकी मन्दिरमा लोकेशन हन्टिङ/ विकासले भने- `फेरि नाइ नभन्नु ल`

फिल्मीखबर, काठमाण्डौ, 2013/07/31

मुगल शैलीमा बनाईएको जनकपुरको जानकी मन्दिर परिसरलाई फिल्मको पर्दामा उतार्ने तयारी गरिएको छ । निर्देशक विकास आचार्यले आफ्नो पछिल्लो फिल्मको गीत सुटिङ जानकी मन्दिरमा गर्ने योजनाका बनाएका हुन् ।


बुधबार बिहान लोकेशन हन्टिङका लागि अभिनेता जीवन लुईटेलको साथमा जनकपुर पुगेका विकासले फिल्मीखबरसँगको कुराकानीमा भने- 'गीतको सुटिङ जानकी मन्दिर परिसरमा गर्ने कि भन्ने सोचेर लोकेशन हेर्न आएका हौं ।' नाइ नभन्नु लको सफलता पश्चात 'फेरि नाइ नभन्नु ल' नाम राखेर फिल्म निर्माणमा जुटेका विकासले जानकी मन्दिरलाई आफ्नो फिल्मको पर्दामा उतार्न चाँजोपाँजो मिलाईरहेका छन् ।

 

यस्तै विकासले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म 'फेरि नाइ नभन्नु ल'मा प्रियंका कार्कीलाई अभिनेत्रीको रूपमा मौखिक फाईनल गरेको बताए । प्रियंकाले पनि फिल्ममा काम गर्न आफू सकारात्मक रहेको बताईन् । 'कथा राम्रो छ, सबैकुरा मिल्यो भने गर्छु,' प्रियंकाले भनिन् । दशैं सकिए लग्गतै फ्लोरमा जाने बताईएको यो फिल्ममा जीवन लुईटेल, अनुभव रेग्मी फाईनल भईसकेका छन् । फिल्मको अहिले गीत रेकर्डिङ कार्य भईरहेको छ । फिल्ममा सुरेश गैरे र बसन्त सापकोटाको संगीत रहनेछ ।

 

 

 

रिदम फिल्मबाट जानकी चलचित्र मन्दिरको उदघाटन

 

महोत्तरी जिल्लाको बर्दिवासमा रहेको 'जानकी चलचित्र मन्दिर' पुन: सञ्चालनमा आउने भएको छ । लोकेशन हन्टिङका लागि जनकपुर पुगेका विकास र जीवनले आफ्नै फिल्म रिदमको प्रदर्शन गरि हलको उदघाटन गर्नेछन् । भोली बिहिबारबाट रिदम फिल्मको प्रदर्शनसँगै हल पुन: सञ्चालनमा ल्याईने छ । झण्डै ३ दशक पुरानो जानकी चलचित्र दुई बर्ष देखि बन्द अवस्थामा रहेको थियो । यसअघि अन्त्यन्तै नाजुक अवस्थामा फिल्म देखाउदै आएको जानकी हल अहिले जनकपुर अंचलकै पहिलो एसी जडित सुबिधा सम्पन्न भएको छ ।

 

 

हलमा एसी जडान गरि सवै सिटहरु परिवर्तन गरेर सुविधा सम्पन्न सिट राखिएको छ र सुविधा युक्त शौचालय वनाइएको छ । त्यस्तै यसअघि साधारण प्रविधिवाट फिल्म देखाउँदै आएको जानकीले अब क्युव डिजिटल प्रविधिवाट फिल्म देखाउने छ । सराउण्डीङ साउण्ड सिस्टम जडान गरिएको छ । झण्डै ३० लाख रुपैँया खर्च गरेर हललाई सुविधा सम्पन्न बनाएको बताईएको छ ।