हाँस्य कलाकार तथा निर्माता सिपी पौडेल आईसियूमा भर्ना भएका छन् । तीन दिन अगाडी उनलाई चितवनको भरतपुर मेडिकल कलेजको आईसियू कक्षमा भर्ना गरिएको छ ।
झण्डै डेढ दशक अघि परेली फिल्मको क्लाइमेक्स सुटिङका क्रममा उनको देव्रे पिंडौलामा चोट लागेको थियो । त्यही चोटमा इनफेक्सन भएपछि उनलाई पाँच दिन अगाडी अस्पताल भर्ना गरिएको हो । ‘त्यतिबेला सामान्य अप्रेसन गरेर निको भएको थियो । अहिले पुन: बल्झिएर दु:ख दिएको छ,' सिपीले फिल्मीखबरसँगको फोन सम्पर्कमा भने- 'डाक्टरले फेरि अप्रेसन गर्नुपर्छ भन्नु भएको छ ।'
भोली आईसियूबाट डिस्चार्स हुनसक्ने सिपीले बताए । 'आईसियूबाट निकालेर जनरल वार्डमा अझै एक साता राख्ने कुरा भएको छ,' सिपीले भने । सिपीले पछिल्लो समय स्टार, नागवेली, टिचर लगायतका फिल्ममा अभिनय गरेका छन् । उनले सिलसिला फिल्म निर्माण गरेका थिए ।

