अर्पण थापा र नम्रता श्रेष्ठको लाउड साईलेन्स प्रेम 'मौन'लाई असोज ११ (सेप्टेम्वर २७) गते हेर्न पाइने भएको छ । सुरज भुषाल डेव्यु निर्देशित फिल्मलाई नरेन्द्र महर्जनले अल नेपाल वितरण गर्ने छन् ।

मौन फिल्म बहिरा युवाको प्रेममा आधारित छ । मौन क्वार्क फिल्म र आकाश आदित्य इन्टरटेनमेन्ट प्रालीको संयुक्त लगानीमा निर्माण भएको फिल्म हो । मौन युनिटले ठमेल स्थित एक क्याफेमा औपचारिक कार्यक्रमको आयोजना गरको थियो । कार्यक्रममा फिल्मको रिलिज डेटसँगै प्रोमो र गीत पनि आउट गरियो ।

.jpg)
कार्यक्रममा अभिनेत्री श्रेष्ठले आफ्नो मेहनतलाई दर्शकले मन पराउने आश व्यक्त गरिन् । फिल्ममा नबोल्ने नम्रताले भनिन्- 'साँकेतिक भाषा पुर्खाको भएपनि गहिराइमा पुगेर सिक्न केही कठिन भयो ।' नम्रता र अर्पणले साँकेतिक भाषा सिक्न दुई महिनाको कक्षा लिएका थिए । मौनका कथाकार तथा नम्रताका बहिरा प्रेमी अर्पणले फिल्मबारे भने- 'फिल्ममा दर्शकलाई बुझाउने भन्दा पनि अनुभव गराउने हाम्रो प्रयास छ ।'


निर्देशक भुसाल भने फिल्म रिलिज नभएसम्म आफु मौन रहने बताए । उनले भने- 'फिल्म बारे असोज ११ पछि नै बोल्नेछु ।' मौनमा नवीन गौलीको कथा माथि संजय लामाले क्यामेरा चलाएका छन् । भूपेन्द्र खड्काले गीत लेखेका हुन् भने सुगम पोखरेल र स्वप्नील शर्मा (स्याडोज ब्यान्ड)ले संगीत दिएका छन् । मौनमा अर्पण र नम्रताको साथमा शेखर चापागाई, बसन्त भट्ट, रश्मी, अरुणा कार्की, विजय बराल, दुर्गा बराईली आदि कलाकारको अभिनय छ ।



