Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रिट उपर सर्वोच्चले भन्यो- `छलफलमा आउनुस्`

फिल्मीखबर, काठमाण्डौ, 2013/07/31

प्रविधिको आधारमा फिल्म वर्गीकरण गरिनु हुन्नु भन्दै चलचित्र समाज महासंघले हालेको रिट उपर सर्वोच्च अदालतमा सुनुवाई भएको छ । ज्ञानेन्द्र बहादुर कार्कीको इजालसले रिट उपर अन्तरिम आदेश दिदै पक्ष र विपक्षी दुवैलाई छलफलमा बोलाएको छ ।

 

यही साउन १३ गते आईतबार सञ्चार मन्त्रालय, सञ्चारमन्त्री, विकास वोर्ड अध्यक्ष र वोर्डका सदस्य सचिवलाई विपक्षी बनाउँदै सर्वोच्चमा फिल्म वर्गीकरण नीति विरुद्ध रिट दायर भएको थियो । छलफलको मिति भने सर्वोच्चले साउन १७ गते दिने तारिखमा उल्लेख हुनेछ । महासंघका अध्यक्ष केपी पाठकले हालेको रिट उपर अधिवत्ता रमन कुमार श्रेष्ठ, टिकाराम भट्टराई र कृष्ण ढुङ्गानाले बहस चलाएका थिए ।