Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

रेखा र छविको प्याचअप : छविले गर्ने भए काली प्रदर्शन

फिल्मीखबर, काठमाण्डौ, 2013/08/01

अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझाको प्याचअप भएको छ । हमेशा रिलिज पश्चात रेखा र छवि बिच सुरु भएको खटपट टुङ्गिएको छ ।

 

दाम्पत्य जीवनलाई विश्राम दिएका रेखा छविले छुट्टाछट्टै व्यानरबाट फिल्म निर्माण गरेका थिए । रेखा फिल्मसबाट अभिनेत्री थापाले काली र छविराज प्रोडक्सनबाट निर्माता ओझाले लोफर फिल्मको निर्माण गरे । यी दुई फिल्मको फुलपाती रिलिजले फिल्म क्षेत्रमा प्रतिस्पर्धाको तरङ्ग सृजना गरिदिएको थियो । प्रतिस्पर्धाको तरङ्गलाई मत्थर पार्दै रेखा छविले पुनः व्यावसायिक सम्बन्धलाई कायम गरेका छन् ।


रेखाको सोलो लगानी रहेको फिल्म कालीलाई छविले प्रदर्शन अधिकार लिएका छन् । प्रदर्शन अधिकार लिएसँगै कालीको कार्यकारी निर्माताको नाममा छविराज ओझा लेखिएको छ  । ६० लाख लागनी दाबी गरिएको कालीलाई छविले आफ्नै वितरणमा रिलिज हुनेगरी अधिकार लिएका हुन् । यसअघि कालीलाई उज्जवल पौडेलको समुहले वितरण गर्ने भएको थियो । 'वितरकबाट लिएको एडभान्स रकमलाई फिर्ता गरेर म आफ्नै तरिकाले कालीलाई प्रदर्शन गर्नेछु,' छविले भने- 'हामी एक अर्काका प्रतिस्पर्धी होईनौं भन्ने महसुश भएर हामी एक ठाउँमा उभिएका हौं ।'


ए.माओवादी नेत्री थापा थप्छिन्- व्यासायिक रुपमा ड्याडी (छवि) र मेरो सहकार्य आवश्यक छ भन्ने अग्रजको सल्लाहले हामी एक भएका हौं ।' छविसँगको प्रतिस्पर्धालाई लिएर भएको परिचर्चा बारे रेखाले भनिन्- 'एक्लै काली निर्माण गर्नु मेरो लागी परिक्षा थियो । म पास भएँ । साथमा हामी फुट्दा बिचमा आउने खेलाडीको खेललाई पनि बुझ्ने मौका पाएँ ।'

 


कालीको राईट्स निर्माता ओझाले लिएपछि असोज २५ (फुलपाती) मा लोफर र काली एक आपसमा भिड्ने छैनन् । फिल्मको रिलिज बारे छविले भनेका छन्- 'कुन फिल्मलाई फुलपातीमा रिलिज गर्ने बारे हाम्रो आन्तरिक छलफलले केही दिनमै निर्णय गर्नेछ ।' सबिर श्रेष्ठ निर्देशित फिल्म कालीमा रेखाको साथमा किशोर खतिवडा छन् । बसन्त सापकोटा संगीतकार रहेको कालीको 'स्लोली स्लोली...' बोलको गीत बजारमा हिट बन्दै गैरहेको छ ।


भौतिक रुपमा छुट्टिएका पूर्व दम्पतीको व्यावसायिक पुर्नमिलनले फिल्म बजारमा सकारात्मक सन्देश दिएको छ । विगत दश वर्ष देखी सफल फिल्म दिदै आएका रेखा छविको पुर्नमिलनले निराशको फिल्मी बजारलाई राहत दिने धेरैको अपेक्षा छ ।