अभिनेता सौगात मल्ल, प्रकृती थापा, गौरव पहारी, सन्दिप क्षेत्री र मेनुका प्रधान उत्सव फिल्मका मुख्य पात्रमा फाईनल भएका छन् । स्क्रिप्ट राईटर कुमार भट्टराईको डेव्यु निर्देशन रहने फिल्ममा सौगात, प्रकृती, गौरव, सन्दिप र मेनुकाले जीवनका पलको उत्सव मनाउने छन् ।
.jpg)
अभिनेता सौगात मल्ल
निर्देशक भट्टराई फिल्म मेरो लभ स्टोरी र उमाका स्क्रिप्ट राईटर हुन् । भट्टराईकै स्क्रिप्ट रहने उत्सवमा शेखर कोइरालको लगानी छ । निर्माता कोइरालाले साथी, मुग्लान, उपकार जस्ता हिट फिल्म रजतपटलाई दिएका थिए । पूर्ण रुपमा व्यावसायीक फिल्मको लगानी ४५ लाखसम्म रहनेछ ।

निर्देशक कुमार भट्टराई
उत्सवलाई फिल्म बजारका व्यस्त सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मका संगीतकार सनुप पौडेल र सुरेश राई हुन् । उत्सवमा ६ गीत समावेश छन् । हाल वर्कसपमा व्यस्त उत्सव युनिट यही महिनाको अन्तिम साताबाट फ्लोरमा उत्रनेछ । ३५ दिनको सुटिङ तालिका बनाइएको उत्सवलाई काठमाण्डौ सहित जिरी र कालिकोटका लोकेशनमा छायाँकन गरिने बताइएको छ ।

