गत चैत ३० गते नेपालमा प्रदर्शन भएको फिल्म 'नोटबुक' यहि आगामी शनिबार अष्ट्रेलियाको सिड्नी स्थित सिभिक थिएटरमा प्रदर्शन हुँदैछ । यसअघि मालतीको भट्टी प्रदर्शन गरेको एञ्जल मुभिजले नोटबुक रिलिज गर्न लागेको हो ।
.jpg)
शनिबार साँझ ६ बजे फिल्मको शो शुरू हुने एञ्जल मुभिजका प्रमुख दिनेश पोखरेलले फिल्मीखबरलाई जानकारी गराए । 'दर्शकको राम्रो प्रतिक्रिया आयो भने शो थपिनेछ,' दिनेशले भने- 'यसअघि मालतीको भट्टी प्रदर्शन राम्रै भएको थियो । आशा छ, यो पनि राम्रै हुनेछ ।' नेपालमा दर्शकको राम्रै साथ पाएको यो फिल्मले अष्ट्रेलियाका दर्शकलाई कत्तिको खुसी बनाउला त ? शनिबार साँझ सम्म पर्खनु पर्ने हुन्छ ।
प्रज्ञा फिल्म्सको व्यानरमा योगेश घिमिरेले निर्देशन गरेको लभस्टोरी फिल्म 'नोटबुक'मा जीवन लुईटेल, निता ढुंगाना र शेन सापकोटाको त्रिकोणात्मक प्रेमकथा रहेको छ । नोटबुकको कथा निर्देशक घिमिरेकै हो भने पटकथा तथा संवाद शिबम अधिकारीको रहेको छ । संजय लामाको छायाँकन रहेको यो फिल्मको गाला रातै र मायाको भुलभुलैया ले संगीत बजार तताएको थियो ।

