Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चक्लेटी आर्यन भन्दा स्पाईसी जिया अगाडी !

फिल्मीखबर, काठमाण्डौ, 2013/07/31

अभिनेता आर्यन सिग्देल र जिया केसीको फिल्म दुई साताको फरकमा प्रदर्शनमा आए । असार २८ बाट प्रदर्शनमा आएको दबाबले व्यापारमा दबाब जमाउन नसकेको रिपोर्ट छ । लभर व्याय आर्यनको दबाब अन्य फिल्म जस्तै व्यापार न्यून गर्ने फिल्मको सुचिमा पर्न आयो ।

 

 

दबाबको दर्शक बढ्नेमा निर्माता भानु महर्जनका लागि आर्यन भरोसाका पात्र थिए । तर, निराशको वर्तमान फिल्मी बजारमा आर्यनको कुनै कमाल चलेन । बरु यस फिल्मका निर्देशकले फिल्म कपी गरेको आरोप खेप्नु पर्यो । नोटवुककी निता ढुङ्गाना पनि गाला रातैमा सिमित भइन् । तर, फिल्ममा कपडा कम लगाएर र उत्तेजक दृश्य दिएर पछिल्लो समय आलोचित बनेकी जिया केसीको फिल्म एटीएमले भने आर्यनको फिल्मलाई व्यापारमा उछिनेको हलवालाले बताएका छन् ।

 

 

आर्यनको भन्दा जियाको फिल्मले बढी व्यापार गरेपछि हलवाला र वितरक पनि अचम्ममा परेका छन् । नाम नखुलाउने सर्तमा एक वितरक भन्छन्- 'आर्यनको भन्दा ७ लाख बढी सेयर जियाको फिल्मले कलेसक्न गरेको छ ।' पछिल्लो समय यौन केन्द्रित फिल्मले पानी पिउन नपाइरहेको अवस्थामा जियाको जवानीले ठिकैको व्यापार गरेपछि बजारमा आर्यन र जियाको रेट बारे कानेखुसी चल्न थालेको छ ।

 

नोभेम्वर रेन नाम दिएर फिल्म निर्माणमा जुटेका आर्यनको दबाब भन्दा सेन्सरको तारो बनेकी जियाको एटीएमले माथिको व्यापार गरेपछि फिल्मी जमघटमा गफ गर्ने विषयको अभाव देखिएको छैन ।