Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(65 votes, avg 4.71/5.00)
Text size:-
+
-

नम्रता र अर्पणको मौन गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/08/08

मिस यू पश्चात नायिका नम्रता श्रेष्ठले अभिनय गरेको अर्को रोमान्टिक लाउड साईलेन्स प्रेम कथानक फिल्म 'मौन'को गीत सार्वजनिक गरिएको छ । असोज ११ (सेप्टेम्वर २७) गते रिलिज हुन लागेको यो फिल्मको अबधिभर नम्रता र अर्पण मौन रूपले नै आफ्नो प्रेम व्यक्त गर्ने छन् ।

 

रोमान्टिक प्रेमकथामा बनेको फिल्म 'मौन'लाई सुरज भुषालले निर्देशन गरेका हुन् । नायक थापाकै लेखन रहेको यो फिल्ममा संजय लामाको छायाँकन, निमेश श्रेष्ठको सम्पादन तथा सुगम पोखरेल र स्वप्निल शर्माको संगीत रहेको छ । मौन क्वार्क फिल्म र आकाश आदित्य इन्टरटेनमेन्ट प्रालीको संयुक्त लगानीमा निर्माण भएको फिल्म हो, मौन ।

 

प्रस्तुत सार्वजनिक गीतलाई भुपेन्द्र खड्काले लेखेका हुन् भने संगीत तथा स्वर सुगम पोखरेलले दिएका हुन् ।