
फिल्म क्षेत्रमा नम्रता सापकोटाको नाम नयाँ भएपनि मोडलिङ क्षेत्रमा उनको नाम नयाँ हैन ।

भोली शुक्रबारबाट दुई फिल्म 'हमेशा' र 'नोटबुक' भिडन्तका लागि मैदानमा उत्रदै छन् । बर्ष ०६९को अन्त्यमा हुन लागेको यो भिडन्तमा फिल्मकर्मी र सञ्चारकर्मी दर्शक बन्ने छन् ।

जेनेरेशन ग्याप आउदो बर्ष भने केही कम हुने देखिएको छ । कलाकारहरुकै सन्तान यो बर्ष डेब्यूको लहरमा देखिए । त्यस मध्ये सुरुमा पर्छन् बरिष्ठ कलाकार टिका पहाडीका छोरा गौरव ।

अत्यन्त सामान्य दृश्य र सम्बादलाई हटाउन सेन्सर बोर्डले दबाब दिएपछि नतिजा टिम सेन्सर बोर्ड विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ । प्रमोद भण्डारी निर्देशित नतिजाको केही दिन अघि सेन्सरले ९ सिनमा आपत्ती जनाएपछि सेन्सर बोर्ड र नतिजा टिम बिच युद्ध सुरु भएको हो ।

हरेक कलाकारको आ-आफ्नै ड्रिम रोल हुन्छ । आफूले चाहेको, रोजेको भुमिका फिल्ममा गर्न पाउदा जो कोही पनि खुसी नहुने कुरै भएन । यस्तै आफ्नो ड्रिम रोल छोटो समयमा नै पूरा गर्न पाएकी एक कलाकार हुन् ऋचा शर्मा ।

दर्शकसँगको प्रत्यक्ष भेटघाटले फिल्मको प्रचारप्रसारलाई राम्रो सहयोग पुर्याउने देखेर होला यहि चैत्र ३० गते रिलिज हुन लागेको फिल्म 'नोटबुक'का हिरो जीवन लुईटेल बुधबार मध्यान्न गोपीकृष्ण हल परिसरमा भेटिए । उक्त हलमा फिल्म हेर्न आएका दर्शकलाई जीवनले आफ्नो हस्ताक्षर भएको नोटबुक बाँडे र भने- 'यो नोटबुकमा फिल्म हेरेर आफूलाई लागेको राम्रो नराम्रो कमेन्ट लेख्नुहोला ।'

