
प्रदर्शनका लागि पूर्ण तयार भएको फिल्म 'सिग्नेचर' ले आजबाट अफिसियल्ली पब्लिसिटी शुरू गरेको छ । युनिटले पब्लिसिटीको शुरूवात भने फेसबुक पेजबाट गरेको हो ।

नायक आर्यन सिग्देलको जन्मदिनको अवसर पारेर भाद्र २२ गते रिलिज हुन लागेको फिल्म धुवाँ यो नशाको गीत निर्माण युनिटले उपहार स्वरूप रिलिज गरेको छ ।

केहि दिनदेखि कतार भ्रमणमा रहेका नायक आर्यन सिग्देलले आफ्नो जन्मदिन यही सेलिब्रेट गरे । नायिका सोभिता सिंखडा, नवनायक बिष्णु कार्की, निर्देशक भबिन्द्र तामाङ सहित केहि नजिकका साथीभाई तथा शुभचिन्तकको उपस्थितीमा आर्यनले आफ्नो जन्मदिनको केक काटेका हुन् ।

साउने झरीमा आउटडोरमा केही समस्या भएपनि अहिले फ्लोरमा करिब एक दर्जनको संख्यामा फिल्म रहेका छन् ।

प्रतिक्षित फिल्मको रूपमा हेरिएको 'थ्री लभर्स' का मुख्य कलाकार निरज बराल र प्रियंका कार्कीको रोमान्टिक गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ ।

आज चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी चढेको सरकारी गाडीलाई एमालेको भात्री संगठन युवा संघ नेपालका कार्यकर्ता (युथफोर्स)ले खोसेको छ ।