
निर्देशक प्रशन्न पौडेलको अपकमिङ प्रोजेक्टमा राजवल्लभ कोइराला र केकी अधिकारी दोहोरिने भएका छन् । निर्देशक पौडेलेको डेव्यु फिल्म स्वर पछि राज र केकी एकसाथ देखिन लागेका हुन् ।

नेपाली कलाकारको प्रमुख गन्तव्य स्थल बनिरहेको अमेरिका उड्ने योजना राज आचार्यले पनि बनाएका छन् । फ्राइडे (असार १४) रिलिज फिल्म लभ फरेभर बारे गफ गर्न फिल्मीखबरको अनामनगर कार्यालयमा पिता शंकर आचार्य सहित आइपुगेका राज उक्त योजना सुनाएका हुन् ।

भाद्र २१ गतेबाट प्रदर्शनमा आउन लागेको सुरज सुब्बा 'नाल्बो' निर्देशित फिल्म 'माई प्रमिश'को गीत रिलिज गरिएको छ ।

०६९ फागुनमा सम्पन्न भैसक्नु पर्ने नेफ्टा अवार्ड वर्ष ०७० असार लागी सक्दा पनि आयोजना हुन सकेको छैन ।

यो फ्राइडे लभ अक्षरबाट सुरु भएका दुई मात्रै नेपाली फिल्म रिलिज हुँदैछन् । यी दुवै फिल्मले रोमान्स, मिलन र विछोडको कथा भन्नेछन् । नेपाली मल्टिप्लेक्स स्टेशनमा यी दुई फिल्मको टक्कर विद्या वालन र इम्रान हस्मिन स्टारर हिन्दी फिल्म घनचक्करसँग हुनेछ ।

असारको चर्को घाम । गौशला हाईटमा रहेको राम मन्दिर परिसरको शान्त वातावरण । मध्यान्ह भएकाले दर्शन गर्नेको चाप थिएन । यही वातावरणमा अभिनेत्री रेखा थापा र नायक किशोर खतिवडा फाईट खेलिरहेका भेटिए ।

