Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ महसुशको दुई दिने विजनेश रिपोर्ट

फिल्मीखबर, काठमाण्डौ, 2013/08/18

देशभरका हलमा वितरणको जिम्मा आफै लिएका निर्माता कल्याण घिमिरेबाट प्राप्त जानकारी अनुसार फ्राइडे रिलिज फिल्म महसुशले १३ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । नवल नेपाल निर्देशित फिल्मको १३ लाख ग्रस कलेक्सन शुक्रबार र शनिबारको हो ।

 

युथ लभ स्टोरीको फिल्मलाई मोफसलका दर्शकले राम्रो साथ दिए । राजधानीमा यो फिल्मलाई सन्तोषजनक साथ मिल्यो । फिल्मको सुरुवाती व्यापारबाट निर्माण युनिट उत्साहित छ । व्यवसायिक फिल्म श्रीमान पछि महसुशलाई निर्देशन गरेका नवलको कामलाई दर्शक तथा मिडियाकर्मीले सुधारात्मक प्रतिक्रिया दिइरहेका छन् । निर्देशक नेपाल भन्छन्- 'फिल्मको प्रतिक्रिया राम्रो पाइरहेको छु । मिडियाकर्मीले सुधार गर्न सकिने पक्षलाई देखाउनु भएको छ । तर, उहाँहरु फिल्म हेरेर सन्तुष्ट हुनुहुन्छ ।'

 

फिल्मले केकी अधिकारी, आर्यन सिग्देल र वेनिशा हमालको त्रिकोणात्मक प्रेमकथालाई महसुश गराउँछ । रोमान्टिक कथाबाट उठान गरिएको महसुश वियोगान्तमा टुङ्गिन्छ । फिल्मले बिट मारी सक्दा पनि दर्शकलाई भने थप सिनको महसुश हुन्छ । सुरेश अधिकारीको संगीत तथा दिव्य सुवेदीको छायाँकन रहेको महसुशमा केकी, आर्यन र वेनिशाको साथमा निर शाह, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय छ ।