Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सस्तो प्रचारको लागी फिल्म बनाउँदिन : निर्देशक बुढाथोकी

फिल्मीखबर, काठमाण्डौ, 2013/08/18

'सस्तो प्रचार र मनोरञ्जनको लागी मात्र म फिल्म बनाउँदिन । फिल्म भनेको समाजको ऐना हो । यसले सिङ्गो समाजलाई सुसुचित गर्नुपर्छ', आउने शुक्रबार रिलिज हुने फिल्म ग्याम्बलरलाई लिएर निर्देशक रमेश बुढाथोकीले प्रतिक्रिया दिए ।

 

पछिल्लो समय यौन केन्द्रित फिल्मको बाढी आइरहेको बेला आफ्नो फिल्म 'ग्याम्बलर' पूर्ण रुपमा सामाजिक कथाबस्तुमा आधारित रहेको निर्देशक बुढाथोकीले बताए । उनको आशा छ- 'यो फिल्म हेरेपछि कुनै पनि नेपाली जुवा घरमा जाने आँट गर्ने छैनन् ।' जुवा घरमा जाँदा आउने पारिवारिक पिडालाई फिल्मले प्रस्तुत गर्नेछ । यादव गुरुङको लगानी रहेको ग्याम्बलरमा सुमन सिंह जुवाडेको भुमिकामा प्रस्तुत छन् । यो फिल्मलाई अभिनेता सिंहले महत्वका साथ हेरेका छन् ।

 

फिल्ममा अभिनेता राजेश हमाल, बिना बुढाथोकी, कल्पना शाही, सोनिया केसी, सन्तोष पोखरेल लगायतको पनि अभिनय छ । निर्देशक बुढाथोकी पत्नी बिनाले चार वर्ष पछि पर्दामा कम ब्याक गरेकी हुन् । निर्देशक बुढाथोकीले यसअघि पल नामक फिल्म निर्देशन गरेका थिए । कृतिमा आधारित फिल्मलाई वौद्धिक वर्गले रुचाएका थिए । ग्याम्बलरलाई पनि दर्शकले मन पराउने आशा निर्देशक बुढाथोकीको छ ।

 

निर्देशक बुढाथोकीले मोहनी, जुनतारा, अप्सरा जस्ता व्यावसायिक हिट फिल्म दिएका छन् । वर्तमान फिल्मी बजारमा व्यवसायिक आँकलन गर्न कठिन होला तर दर्शकले ग्याम्बलरलाई रुचाउनेमा भने निर्देशक बुढाथोकी ढुक्क छन् । उनको विश्वासले कत्तिको सेफ ल्यान्ड गर्छ ? आउने शुक्रबार (भदौ ७ गते) सम्म प्रतिक्षा गर्रौ ।