बिगत चार वर्ष देखी विभिन्न मुलुकमा साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको NEPO Precords INC.संस्थाले सञ्चालनमा ल्याइएको www.entertainnepal.com नामक वेभ साइट बारे राजधानीमा एक छलफल कार्यक्रम चलाइएको छ ।
बिदेशमा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरुले नेपालको संस्कृति, परम्परा र रीति रिवाजलाई यथाबत रुपमा ग्रहण गरि त्यसलाई आत्मशात गर्न सकिरहुन् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको वेभ साइटमा नेपाल बाहेक विश्वका जुनसुकै मुलुकबाट हरेक समय नयाँ देखी पुराना फिल्मलाई हेर्न सकिने कार्यकारी अधिकृत सुदिप पोखरेलद्धारा लिपिवद्ध प्रेस रिलिजमा उल्लेख छ । फिल्म हेर्न अमेरिकी देखि पाँच डलर सम्म तिर्नु पर्ने हुन्छ ।
हरेक फिल्म हेर्दा डेबिट, क्रेडिट कार्ड मार्फत प्राप्त हुने रकमको केही भाग फिल्म उत्पादन कम्पनी वा व्यक्तिलाई उपलब्ध गराइने प्रेस रिलिजमा उल्लेख छ । बैंकबाट क्रेडिट वा डेबिट कार्ड नलिनु भएका दर्शक महानुभावले वेस्टर्न युनियन वा अन्य मौद्रिक संस्थामा सम्पर्क गरि आफूले चाहेको रकम बुझाइ कार्ड प्राप्त गर्न सकिने छ । यसको शुल्क तिर्दा शत प्रतिशत ग्यारेण्टी हुने पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईयो । वेभ साइटले पाइरेसी रोक्नमा पनि सहयोग पुर्याउने अधिकृत पोखरेको विश्वास छ ।

हरेक फिल्म हेरिंदा डेबिट/क्रेडिट कार्ड मार्फत प्राप्त हुने रकमको केहि भाग फिल्म उत्पादक कम्पनी वा व्यक्तिलाई जाने हुनाले उत्पादक कम्पनीहरुलाई पनि फाइदा भई नयाँ र अझ गुणस्तरिय फिल्म निर्माण गर्न प्रोत्साहन मिल्ने संस्थाकी फाईनान्सियल एड्भाईजर सुरक्षा पोखरेलले बताईन् । यस्तै उनले आफ्नो वेभ साईटबाट फिल्म पाईरेसी समेत गर्न नमिल्ने बताईन् ।
फिल्मको व्यापार निराश भैरहेको सन्दर्भमा पैसा तिरेर डाउन लोड गरेर फिल्म हेर्दा निर्मातालाई राहत मिल्ने निर्देशक योगेश घिमिरेको भनाई थियो । निर्देशक घिमिरेले भने- 'हलबाट उत्रिए पनि वेभ साइट फिल्म उत्रिदैन । मेरै फिल्म नोटवुकले पनि अनलाईनमा राम्रै सेल गरिरहेको छ ।' त्यस्तै द्धन्द्ध कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले थपे- 'यो निर्माताको लागी फाइदाको कुरा हो । यसमा निर्माताले सहयोग गर्नुपर्छ ।'
अहिले सम्म मायाज बार, छड्के, मैना, लक, पल, जय होस्, आइ एम सरी, नोटवुक सहित ४० फिल्म वेभ साइटमा अपलोड भैसकेका छन् । २० वटा फिल्मलाई पनि चाँडै नै साइटमा अपलोड गरिने बताइएको छ ।

