प्रविधिको आधारमा गरिन लागेको फिल्म वर्गीकरण विरुद्धको रिट उपर आज पनि सर्वोच्चमा बहस हुन सकेन । चलचित्र समाज महासंघले सर्वोच्चमा हालेको रिट उपर अगामी भदौ ९ गते मात्रै बहस हुनेछ ।
'द' नम्बरमा रहेको फिल्म वर्गीकरण विरुद्धको मुद्दा माथि आज बहस हुन नसकेको हो । छलफलका लागी महासंघका अध्यक्ष केदार प्रसाद (केपी) पाठक, मनोज पण्डित र विपक्षीको प्रतिनिधित्व गरेर विकास वोर्डका कानुनी सल्लाहकार तारा श्रेष्ठ सर्वोच्चमा उपस्थित थिए ।
महासंघले वर्गीकरण विरुद्ध सञ्चार मन्त्री, सञ्चार मन्त्री, विकास वोर्ड, विकास वोर्ड सदस्य सचिवलाई विपक्षी बनाएको छ । सर्वोच्चमा रिट परेपछि फिल्म वर्गीकरणको कार्य रोकिएको छ ।

