Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

हल भरियो मन भरिएन : किन किन ?

फिल्मीखबर, काठमाण्डौ, 2013/08/18

लाग्छ, फिल्मकर्मी दर्शकको भावना भन्दा हलमा बिक्री हुने टिकटको गणनामा व्यस्त छन् । दुई सय करोड क्लब ज्वइन गर्ने रेशमा रहेको शाहरुख खानको फिल्म चेन्नइ एक्सप्रेस होस् या नायिकाको नाङ्गो ढाडलाई प्रचार गरिएको नेपाली फिल्म किन किन । यी दुवै फिल्मले दर्शकको भवनासँग खेल्न नसकेको फिल्म समिक्षको धारणा छ ।

 

शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको नेपाली फिचर फिल्म किन किन दर्शकको भावनासँग बग्नबाट चुक्यो । अभिनेता राजेश हमालले मिडियामा दिएको अभिव्यक्ति र यसअघि सेक्स कन्टेन्टमा निर्माण गरिएको पलपलमामा फिल्मको ह्याङगले दर्शक किन किन प्रति उत्साहित थिए । त्यो उत्साह देशका पर्दाको टिकट काउन्टरमा पनि राम्रै देखियो । तर, जब पर्दामा फिल्म चल्न सुरु गर्यो, दर्शकको उत्साह विस्तारै निराशा बद्लियो ।

 

हिजो बिदाको दिन देशका पर्दामा फिल्म किन किनले दर्शकको उत्साहजनक साथ पायो । तर, दर्शकले भने फिल्म हेरेर सन्तुष्टी पाएनन् । शनिबार साँझको सोमा फिल्मीखबर चावाहिल स्थित गोपीकृष्ण हलमा पुग्दा किन किन फिल्म चलाइएको हल फुल थियो । दुई सय सिट क्षमताको हलमा आधा दर्जन दर्शक भुइँमा बसेरै फिल्म हेरिरहेका थिए । फिल्म हेर्नेमा महिला, बच्चा, बुढाबुढी, प्रेम जोडी देखि एक्लै आउने सम्मका दर्शक थिए ।

 

सेक्सी संवाद र दृश्य झल्काइएको प्रोमो, अभिनेता हमालको अभिव्यक्ति र निर्देशक उकेश दाहालले राम्रै फिल्म बनाएका हुन सक्छन् भन्ने आशा लिएर हल पुगेका दर्शक त्यतिबेला निराश बने जतिबेला फिल्मको पहिलो हाफ आलटालमै ईन्ड भयो । केही दर्शक फिल्मको बिच भागबाटै सिट छोडेर हिंडे । फिल्मको अन्त्य सम्म हलमा रहेका युवा दर्शकको किन किन बारे संक्षिप्त प्रतिक्रिया थियो, 'यो फिल्म भन्दा त द लास्ट किस नै राम्रो थियो ।'

 

उकेश दाहाल निर्देशित फिल्म 'किन किन' बारे कान्तिपुर दैनिकमा कार्यरत एवम् फिल्म समिक्षक सुशिल पौडलेको प्रतिक्रिया छ :-

नेपाली फिल्म क्षेत्रमा एउटा नयाँ फिल्म दर्ता भएको छ । लामो समय पछि पर्दामा अभिनेता राजेश हमालको फरक पहिरण र चरित्रलाई देख्न सकिन्छ । यी दुई बाहेक किन किनमा खासै राम्रै पक्ष छैनन् । यो फिल्मको सबैभन्दा कमजोर पक्ष भनेकै स्टोरी (कथा)को उठान हो । सस्पेन्स देखाउन खोजिएको फिल्मको पहिलो हाफ सम्म कही कतै शंका उब्जदैन । फिल्मको पहिलो हाफ आलटालमै सकिन्छ । अभिनेता हमालको न्युड पेन्टरको परिचय अरुणिमा लामा (नव नायिका)लाई नङग्याउन मात्रै दिइएको छ । उनी न्युड पेन्टर हुन् भन्ने प्रशस्त उदाहरण पेश गर्नबाट फिल्म चुकेको छ । उनले किन महिलाको न्युड पेन्ट गर्न चाहे ? एक वाक्यले यस्को उत्तर दमदार लाग्दैन । राजेशकी फ्ल्यास ब्याक प्रेमिका बनेकी करिश्मा मान्धरको क्यारेक्टर उमेर सुहाउँदो छैन । उनको उमेर र वोल्ने शैलीले क्यारेक्टलाई धोका दिएको छ । अभिनेता हमालका छोरा बनेका राज तिमल्सीनाले शशी खड्कालाई चुम्वन गरेको दृश्य नेचुरल लाग्दैन ।