Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

सकियो राजबल्लभको `राघव`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/20

अभिनेता राजबल्लभ कोईराला निर्माता रहेको फिल्म 'राघव'को सुटिङ सकिएको छ । गत असार १० गते नेपालबाट सुटिङ आरम्भ गरिएको राघवको बिच-बिचमा ब्रेक गरि ५२ औं दिनमा सुटिङ सकिएको निर्माण युनिटले जनाएको छ । फिल्मको ९० प्रतिशत अमेरिकामा सुटिङ गरिएको हो ।

 

 

राघव नामक क्यारेक्टरको इमोश्नल जर्नीलाई कथाबस्तु बनाईएको राघवलाई अमेरिकामा नै बस्दै आएका भुपेन्द्र भट्टराईले निर्देशन गरेका हुन् । राजबल्लभकोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टाकिज नेपालको प्रोडक्सनमा निर्माण गरिएको रोमान्टिक ड्रामा शैलीको यो फिल्ममा शिबिर पोखरेल र अस्मिता ढकाल लिड रोलमा छन् । यस्तै फिल्ममा अशिष्मा नकर्मी, बसन्त भट्ट, गीता अधिकारी, रकेन व्यञ्जकार, केट ब्रासेल लगायतले अभिनय गरेका छन् ।

 

 

निर्देशक भुपेन्द्रकै लेखन रहेको राघवमा संजीब सिंह, मानव सुवेदी र दि माया ब्याण्डको संगीत रहेको छ । फिल्मको बजेट १२ लाख रूपैंया रहने बताईएको छ । सुटिङ सकिए लग्गतै फिल्मको पोस्टप्रोडक्सनको काम शुरू गरिएको अभिनेता टर्न निर्माता कोईरालाले जानकारी गराए ।