Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मुम्बइले के सिकायो उषालाई ?

फिल्मीखबर, काठमाण्डौ, 2013/08/20

भारतिय च्यानलमा प्रसारण हुने करिब आधा दर्जन टेलिश्रृङ्खलमा देखिने अभिनेत्री उषा पौडेल डेढ महिना अघि देखि काठमाण्डौमा छिन् । सिनामंगल घरमा बस्दै आएकी उषा यही शुक्रबार मुम्बइ ब्याक हुँदैछिन् ।

 

काठमाण्डौ भित्रिएको डेढ महिना भैसक्दा पनि उषा किन मिडियामा एक्सपोज भईनन् ? भन्छिन्- 'मेरो नम्बर चेञ्ज भएको छ । त्यसैले म सम्पर्क बाहिर छु ।' रिजर्भ स्वभावकी उषा फिल्ममा व्यस्त हुँदै गर्दा तीन वर्ष अघि भविष्य खोज्न मुम्बइ पुगेकी थिईन् । 'सुरुका दिनमा उषाले धेरै नै संघर्ष गर्नु पर्यो,' उनी सम्झिन्छिन्- 'मुम्बइको सुरुको लाईफ भकुन्डो जस्तै थियो । हिन्दी भाषाको कोर्स र अडिसनले सुरुको ६ महिना लाइफ निकै व्यस्त बनाएको थियो ।'

 

राजधानीको फराकिलो बाटो र व्यवस्थित ट्राफिक नियमबाट प्रभावित उषालाई मुम्बइले के सिकायो त ? चियाको चुस्कीसँगै उषा भन्छिन्- 'मेहनत र धैर्यसँगै व्यवसायिक बन्न सिकायो ।' उषा नेपाली फिल्म कसमको सुटिङ पछि मुम्बइ गएकी थिईन् । एक हिन्दी फिल्ममा समेत अभिनय गरिसकेकी उषाले कर्म, मुनामदन, गोधुँली, जेठो कान्छो, राम लक्ष्मण, प्यारी बहिनी, क्रोध, पालेदाई, धमाका, रणसंग्राम, कसम, माया नगर लगायत तीन दर्जन भन्दा बढि नेपाली फिल्ममा अभिनय गरेकी छिन् ।

 

अभिनेत्री रेखा थापा, अरुणिमा लम्साल र ऋचा घिमिरे समकालीन उषा नेपाली फिल्मलाई छाडेर किन मुम्बई हानिईन् त ? उनले विगत सम्झिईन्- 'कतारमा उदित नारायण झा र दिपा झासँगको एक कार्यक्रममा कार्यक्रम सञ्चालकले मलाई नेपालीकी अर्की मनिषा जस्तै भनेर सम्बोधन गरेसँगै बलिउडमा छिरे भविष्य बन्न सक्ने सम्भावना रहेको बताउनु भयो । अनि त्यो बेला देखि नै मलाई मुम्बइ छिर्ने भुत सवार भो ।'
 

लेखान्तमै उषालाई मुम्बइ जानु थियो, पुगिन् पनि । उषाले मुम्बईमा मनिषाको जति नाम पाएकी छैनन् । तर, मनिषा पछि कुनै पनि नेपाली अभिनेत्रीले पाएको ठुलो सफलता उषाले पाएकी छिन् । भन्छिन्- 'मेरो अहिलेको कमाईले त्यहाँ सेटल हुन सजिलो गराएको छ । मिहेनत गर्दै जान्छु कुनै दिन पक्कै सफल हुन्छु भन्ने विश्वास छ ।'

 

फिल्मीखबरसँगको भेटमा उनले राम्रो कथा रहेको नेपाली फिल्ममा प्रस्ताव आएमा आफु खेल्न तयार रहेको बताएकी छिन् । उषाले मुम्बइमा गरेको संघर्षको कथा र नेपाली फिल्म प्रतिको सोचलाई बिशेष अर्न्तवार्ताको रूपमा छिट्टै नै प्रकशित गरिने छ । प्रतिक्षा गर्नुहोला !