Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

जीवन लुइँटेल अब सुकुल गुण्डा

फिल्मीखबर, काठमाण्डौ, 2013/08/20

सुकुल गुण्डाको लाईफ स्टाइल लाई फिल्मको पर्दामा देख्न पाइने भएको छ । यो जमर्को मधुसुदन भट्टराईले गरेका हुन् । अभिनेता जीवन लुइँटेल सुकुल गुण्डाको क्यारेक्टरमा प्रस्तुत हुँदैछन् ।

 

 

फिल्मको कथाकार एमपी मुडभरी हुन् भने पटकथा एवम् संवाद कलाकार सुशिल पोखरेलको छ । ज्योत्सजा फिल्म प्रोडक्सशन प्रा.ली को प्रस्तुती रहेको सुकुल गुण्डामा अभिनेता लुइँटेलका साथमा श्रीदेवी भट्टराई, सुशिल पोखरेल, राजकुमार शाह, खुश्वु खड्का, रश्मी भट्ट लगायत छन् । फिल्मका निर्माता राजेश शाक्य, महेश प्रसाद मुडभरी र रमेश बस्नेत हुन् ।

 

 

भोली बुधबारबाट सुटिङ प्रारम्भ गरिने फिल्म सुकुल गुण्डाको कमलादी स्थित भद्रकाली मन्दिरमा शुभसाइत गरियो । फिल्मी पत्रकार एवं फिल्मसँग सम्बन्धित बिभिन्न संस्थाका प्रतिनिधि बिच गरिएको शुभ साइत कार्यक्रममा अभिनेता लुइँटेल र अभिनेत्री खड्काले मुहुर्त सट दिएका थिए ।

 

 

मुहुर्त सटमा कलाकार संघका अध्यक्ष नवल खड्काले क्ल्याप हाने भने निर्देशक आकाश अधिकारीले एक्सन भने । द्धन्द्ध संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले नरिवल फुटाए भने प्रविधिक संघका अध्यक्ष मनोज केसीले क्यामेराको स्विच अन गरे ।

 

 

निर्देशक भट्टराईले सुकुल गुन्डालाई काठमाण्डौ, भक्तपुर र ललितपुरमा छायाँकन गरिने बताए । फिल्मलाई एक महिना भित्र छायाँकन गरी सकिने निर्देशकको भनाई छ । शिव ढकाल छायाँकार रहेको फिल्ममा कमल राई र प्रदीप श्रेष्ठको संयुक्त नृत्य निर्देशन रहने छ । शरण जोशीको संगीत रहेको फिल्ममा कथाकार एमपी मुडभरीले गीत रचना गरेका छन् । यसका मुख्य सहायक निर्देशक एमपी मुडभरी र विनय पौडेल हुन् ।