यस्तै रहेछ जीन्दगीबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी सुन्दर अभिनेत्री अरूणिमा लम्सालले आज आफ्नो ३२ औं जन्मदिन मनाउँदै छिन् ।
आफ्ना परिवारको साथमा बिहानै काठमान्डौको दक्षिणकाली मन्दिरको दर्शन गर्न पुगेकी अरूणिमाले साँझ नजिकका साथीभाई र केहि सञ्चाकर्मीमाझ उनले केक काटेर आफ्नो जन्मदिन सेलिब्रेट गर्नेछिन् ।
'खासै ठूलो जमघट त गर्दिन तर छुटाउनै नहुने नजिकाका साथीभाईसँग जन्मदिन मनाउने तयारी गरेकी छु,' अरूणिमाले भनिन्- 'जन्मदिनलाई साथीभाईसँगको जमघट हुने अवरसरको रूपमा लिन्छु । त्यसैले बढ्दो उमेरलाई पनि खुसीका साथ सेलिब्रेट गर्न लागेकी हुँ ।'
धड्कन, आफ्नो मान्छे आफ्नै हुन्छ, निगरानी, बजार, भरोशा, अभिमन्यू, बुवाआमा, दीपशीखा, के यो माया हो, मर्यादा, राम बलराम जस्ता फिल्ममा अभिनय गरेकी अरूणिमा सन्तान प्राप्ती पछि भने फिल्म क्षेत्रमा खासै सक्रिय छैनन् । तथापी उनले फरक भुमिका निर्वाह गरेको फिल्म 'पीपल' भने रिलिजको तयारीमा छ ।
अहिले पनि उत्तिकै तन्दुरूस्त देखिने अरूणिमालाई फिल्म क्षेत्रमा सक्रिय भईरहने शुभकामना सहित फिल्मीखबर जन्मदिनको पनि शुभकामना व्यक्त गर्दछ ।

