Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

कृष्णाष्टमीमा के भन्छन् कलाकार ?

फिल्मीखबर, काठमाण्डौ, 2013/08/28

आज श्रीकृष्ण जन्माष्टमी । श्रीकृष्णको जन्म द्धापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ भनिन्छ । द्धापरयुगका भगवान विष्णुका आठौं अवतारको रुपमा कृष्णलाई लिइन्छ । नेपाल लगायत भारतका हिन्दु राज्यमा कृष्ण जन्माष्टमी मनाउने परम्परा छ ।

 

विशेषत: महिलाहरु भगवान कृष्णको नाममा व्रत बस्ने गर्दछन् । आजिवन सत्यको पक्षको उभिएका काले कृष्ण गोपिनी पछि लगाउने बानीले पनि लोकप्रिय छन् । १६ सय गोपिनीलाई पछि लगाए पनि कृष्णले बिहे भने राधासँग गरेका थिए ।

 

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले केही वर्ष अघि मेरी बास्सैकी सुन्तली (कुञ्जन घिमिरे)लाई राधा बनाए । उनी भन्छन्- 'कृष्णले सोह्र सय गोपिनि घुमाए रे ! मलाई त एउटा पट्याउन कठिन पर्यो । लामो प्रयास पछि राधा बनाउन सफल भएँ ।' फिल्म छ एकान छ मार्फत हिरो भएका कलाकार कट्टेल थप्छन्- 'अहिले राधा र कृष्णको जिन्दगी रमाइलोसँग चलिरहेछ ।' करिअर कन्सियस भएर उमेरमा भने गोपिनी घुमाउने नपाएको उनले सुनाए ।

 

अभिनेत्री सुमिना घिमिरे आफ्नो पेशलाई बुझ्ने कृष्णको खोजीमा छिन् । काले या गोरे जस्तो भएपनि पेशा र आफुलाई माया गर्ने कृष्ण हुनुपर्ने सुमिना बताउँछिन् । उनी भावी कृष्णकै लागी आज ब्रत बसेकी छिन् । कलिउडका कृष्णले दुःख दिन्छन् होला नि ! सुमिना सुनाउँछिन्- 'त्यस्तो दुःख दिने कृष्ण भेटेकी छैन ।'

 

हट एण्ड सेक्सी गर्ल सुष्मा कार्की पनि कृष्णकै खोजीमा छिन् । केही समय अघि मात्रै एउटा कृष्णलाई ब्रेक अप दिएकी सुष्मा सुनाउँछिन्- 'अरुका लागी ब्रत बस्ने चलन छैन ।' तिते जिरे गाईजात्रा कार्यक्रममा कम्मर मर्काउन व्यस्त सुष्मा भन्छिन्- 'केही समय कृष्ण पनि चाहिंदैन र कसैको गोपिनी पनि बनिंदैन ।'

 

अभिनेता सविन श्रेष्ठ भने राधा र कृष्णको खेलबाट आजित छन् । ब्रेक अप ह्याङमा रहेका सबिन भन्छन्- 'अहिले म पूरै शून्य छु । मेरो अघि र पछि कोही पनि छैनन् ।' अहिले कुनै पनि गोपिनी माथि आँखा नगएको अन्दाज हिरोले बताए । अभिनेत्री नम्रता श्रेष्ठ कलियुगका कुनै कृष्णले पिछा नगरेको अनुभव सुनाउँछिन् ।

 

मौन र मेघा प्रदर्शनको पर्खाइमा रहेकी नम्रता भन्छिन्- 'कृष्णले पिछा गर्ने समय हुन्छ । स्कूल कलेजमा पढ्दा पिछा नभएको हैन । तर, म गोपिनी भइन ।' पिताको जन्मदिन मनाउँदै गरेकी नम्रता कृष्ण जन्माष्टमीको व्रतलाई लिएर भन्छिन्- 'हरेक कुरा मनबाट गर्नुपर्छ । खाली पेट बसेर केही हुने छैन ।'