Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसरी हुँदैछ नेफ्टा नाचको प्रशिक्षण

फिल्मीखबर, काठमाण्डौ, 2013/08/29

मलेसियामा हुने छैठौं नेफ्टा अवार्डको लागी नृत्य प्रशिक्षण शुरू भएको छ । भदौ ११ गते मंगलबार देखि नयाँ बानेश्वर स्थित अल्फा विटा हाउसमा कलाकारले नृत्य सिक्न थालेका हुन् ।

 

नृत्य निर्देशकद्धय कमल राई र गोविन्द राईले उनीहरुलाई प्रशिक्षण दिइरहेका छन् । फिल्मीखबर हिजो अल्फा विटा हाउसमा पुग्दा निर्देशक राई नृत्य सिकाउन व्यस्त थिए । प्राबिधिकको तर्फबाट फेसन स्टाइलिस निलिमा शर्मा, कलाकारहरु नन्दिता केसी, हर्षिका श्रेष्ठ, यशराज गरच, गौरव पहारी नृत्य सिक्न व्यस्त थिए ।

 

 

यो साता मात्रै युरोप टुरबाट नेपाल ब्याक भएकी नन्दिताले मलेसियमा हुने अवार्डमा सबैको मन जित्ने नृत्य प्रस्तुत गर्ने बताइन् । सुरुको वर्ष देखि नै नेफ्टा अवार्डमा नृत्य प्रस्तुत गर्दै आएकी नन्दिताले माईतीघर लगायतका गीतमा नृत्य प्रस्तुत गर्दैछिन् । नन्दिता फिल्म मालतीको भट्टीबाट उत्कृष्ट सह अभिनेत्रीको नोमिनेशनमा समेत परेकी छिन् ।

 

 

त्यस्तै नेफ्टामा पहिलो पटक नृत्य प्रस्तुत गर्न लागेका फेसन स्टाइलिस शर्मा र अभिनेता पहारीले नृत्यमा सक्दो मेहनत गर्ने बताए । मलेसियामा हुने नेफ्टा अवार्डमा नृत्य प्रस्तुत गर्न पाउँदा उनीहरु दुवै उत्साहित छन् । थुप्रै अवार्ड समारोहमा नृत्य प्रशिक्षक भैसकेका निर्देशक गोविन्द राईले मलेसियामा हुने अवार्डमा नृत्यको बेग्लै महत्व रहने बताए । उनले भने- 'हामी अवार्डको थिम अनुसार नृत्य प्रस्तुत गर्दैछौं । डान्सको स्टेप देखि लिएर पहिरन सम्ममा हाम्रो विशेष ध्यान जानेछ ।'

 

 

नेपाली फिल्मको काल खण्डका चर्चित एवम नेफ्टाको उत्कृष्ट ५ संगीत भित्र पर्न सफल गीतलाई नृत्यको लागी छानिएको छ । नेफ्टा अवार्डमा अभिनेत्री निरुता सिंह देखि संयम पुरीले समेत नृत्य प्रस्तुत गर्नेछन् । हालसम्म नेफ्टाले निकालेको नृत्यकारको नामावलीमा करिश्मा मानन्धर, झरना थापा, सुमिना घिमिरे, केकी अधिकारी, प्रियंका कार्की, सौगात मल्ल, जीवन लुइँटेल, आर्यन सिग्देल छन् । नेफ्टा अध्यक्ष मनोज केसीले अवार्ड सभ्य र भव्य हुने बताएका छन् । मलेसियामा रहेका निर्माता सुवास गरी संयोजक रहेको अवार्डको मिति भने तय गरिएको छैन ।